गोपाल रेग्मी
रुकुम १०, बैशाख ः रामजानकी मन्दिर परिषरमा वृद्धाश्रम भवन निर्माण तथा पर्यटकिय विकासका लागी रुकुमको चौरजहारी श्रीमदभागवत सप्ताह महायज्ञ जारी रहेको छ । रामजानकी मन्दिर व्यवस्थापन समितिले चौरजहारी नगरपालिका ३ सेवा केन्द्र रगंशालामा सप्ताह व्यापी श्रीमदभागवत महायज्ञको आयोजना गरेको हो ।

महायज्ञमा १ सय ८ राष्ट्र शान्ति महायज्ञका शंकल्पकर्ता एवम अन्तर्राष्ट्रिय कथावाचक श्री गोविन्द सरण महाराज र मधुर स्वरकी धनी मिरादेवीले कथावाचन तथा प्रवचन दिने आयोजकले जानकारी दिएको छ । महायज्ञमा शान्ति पृती मोक्षका लागी शाली ग्राम पुजा ,अर्चना परिक्रमा विराट धन्य धाम ,महापर्व ५१ सय शान्ति कलस पुजन लगाएत भजन कृतन गरीने वताईएको छ ।
त्यसैगरी महायज्ञमा गौदान, अन्नदान, भुमिदान, नगद दान गर्ने श्रदालु भक्तजन तथा दाताहरु लाई दोसल्ला र प्रमाण पत्र दिएर सम्मान गरीने मुलाआयोजक समितिका अध्यक्ष काँसीराम गौतमले जानकारी दिए । पहिलो पटक चौरजहारीमा सुरुभएको महायज्ञमा रुकुम, सल्यान र जाजरकोट लगायतका जिल्लाका भक्तजनहरुको सहभागीता हुने आयोजकले अपेक्षा गरेको छ ।
५१ सय कलस यात्रा र वाजागाजा सहित चौरजहारी वजार परिक्रमा गरेर सेवा केन्द्र रगंशालामा पुगि महायज्ञ उदघाटन गरीएको थियो । धार्मिक महोत्सव वैशाख १२ गते सम्पन्न हुने छ ।
0 comments:
Post a Comment