नन्दराम ओली
सिम्ली
सिम्ली ९ खातिकाडा रुकुमको वडा बैठक सम्पन्न भएको छ । वडा नागरिक मञ्चका संयोजक कर्ण बहादुर ओलीको अध्यक्षतामा बसेको बैठकमा एलजिसिडिपिका सामाजिक परिचालक कमल डांगिको प्रमुख आथित्यता रहेको थियो । बैठकमा टोलबासी ३५ घरधुरिका ५० जना बढीको उपस्थित रहेको थियो ।
बैठकमा बनजगल, काल्ना र पानीका मुलमुहान संरक्षण गर्न एक ब्यक्तिले अर्को ब्यक्तिको काल्नामा घाँस, दाउरा कटानी वस्तुभाउ चरिचरण गर्न नपाइने र यदि गरेको खण्डमा गरिबी निवारण कोषबाट गठित लेकबेसी सामुदायिक सस्थाबाट सदस्य पद खारेज गरिने र आबश्यक जरिवाना गर्ने निर्णय गरिएको छ । यदि सस्था बाहिरको सदस्य भए एक हजार जरिवाना र निजले यो निर्णय अटेर गरेमा प्रहरी चौकीमा उजुरी गरि आवश्यक कानुनी कार्वाही गरिने निर्णय गरिएको छ । यस सम्बन्धी जानकारीका लागि टोलटोलमा सूचना पनि टाँसिने बताइएको छ । जसको लागी लाल बहादुर डांगिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसको सचिबमा आशिराम ओली र कोषाध्यक्षमा अमृता ओली रहेका छन । यसैबीच बैठकले गाबिस परिषदबाट छुट्याइएको योजना अन्तर्गत वार्ड न ९ को टोट्के, खातिकाडा, लाखरिबोट खानेपानी आयोजना समयमै सम्पन्न गरिसक्नुपर्ने बताएको छन ।
जसको लागि जयराम ओलीको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । जसको सचिबमा टेक बहादुर ओली र कोषाध्यक्षमा बुद्धि कुमारी ओली रहेकी छिन ।
0 comments:
Post a Comment