आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, March 21, 2016

संबिधान कार्यान्वयन पछि जातीय बिभेद अन्त्य ः सभापति देउवा

मेगराज खड्का
काठमाण्डौ १०, चैत
नेपाली कांग्रेसका नबनिर्बाचित सभापति शेरबहादुर देउवाले नयाँ संविधान कार्यान्वयन पछि देशका कुनाकन्दरामा रहेको सम्पुर्ण बिभेद अन्त्य हुने बताएका छन । संबिधानमा जातीय बिभेद अन्त्यका लागि कुनै कसर पनि बाँकी नराखेको उल्लेद गर्दै सभापति देउवाले सबैले आफैबाट संबिधान कार्यान्यवन गर्नुपर्नेमा जोड दिनुपर्ने उल्लेख गरे । ५१ औं अन्तराष्ट्रिय जातीय विभेद् उन्मूलन दिवसमको अवसरमा राष्ट्रिय दलित आयोग, उत्पीडित, उपेक्षित तथा दलित वर्ग उत्थान विकास समिति, वादी समुदाय उत्थान विकास समिति, दलित नागरिक समाज, संयुक्त राजनीतिक दलित सघर्ष समितिले संयुक्त रूपमा सोमबार काठमाण्डौमा आयोजना गरेको आयोजना गरेको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन । 
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले जातीय बिभेद अन्त्यका लागि आफुले सक्दो सहयोग गरेको समेत बताए । ‘देशलाई जातीय छुवाछुत मुक्त राष्ट्र निर्माण गर्न देखि देशमा जातीय छुवाछुत अन्त्यका लागि बनेका बिभिन्न कानुनहरुमा मेरो योगदान छ’ सभापति देउवाले भने, ‘अझै पनि म नेपाली काग्रेसको पार्टी सभापति र मेरो ब्यक्तिगत तर्फबाट पनि सहयोग गर्छु ।’ 
कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष मान बहादुर नेपालीले सबै क्षेत्रमा सहयोग नहुँदा दलित आन्दोलन सफल बन्न नसकेको उल्लेख गरे । दलित अरक्षरणको बिषयमा कडा टिप्पनी गरेको अध्यक्ष नेपालीले त्यसको सहि सदुपयोग गर्न पनि अनुरोध गरे । ‘दलित आरक्षणमा पनि दलित भित्रका टाठाबाठाहरुले मात्र अवसर पाउने गरेका छन’ अध्यक्ष नेपालीले भने, ‘अवसरबादको शिकार बन्दा अवसरमा पुगेपछि आफ्नो समुदायको बाचा भुल्ने सस्कार पनि बढ्दै गएको छ ।’ 
कार्यक्रमका दलित अधिकारको क्षेत्रमा काम गर्ने बिभिन्न अन्य ब्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रम गर्नुअघि बिहान भृकुटीमण्डपबाट ¥याली सुरू भएर शहिद ढोका हुँदै त्रिपुरेश्वरमा पुगी कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा कालिकोटको पञ्चैबाजा नाँच प्रदर्शन समेत गरिएको थियो । 


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |