बुवा चन्द्रबहादुर खत्री र आमा कमला खत्रीबाट वि.सं. २०५३ साल असार १५ गते रुकुम जिल्ला छिबाङ गा.वि.स. वडा नं. ४ नयाँगाऊँमा जन्मेका स्वरका धनी गायक निर्मल के.सी. २०६९ सालदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेको वताउछन । आफू गायक बन्नुको सबै श्रेय साहित्यकार तथा कलाकार भद्र नकाललाई ठान्ने निर्मल अहिलेका लोकगितका चर्चित युवा गायकका रुपमा परिचित छन । भद्र नकालको शब्द, अमित बाबु रोकायको संगितमा रहेको “खोजि सकेँ उनलाई त सारा संसार भरी” भन्ने बोलको गितमा स्वर दिएर एकाएक चर्चामा आएका केसीले २०७० सालमा अजम्बरी माया, पीरैपीरले छैन रगत मासु, एकचोटी भेट्न आउ त्यस्तै २०७१ सालमा हे मेरी आमा, २०७२ सालमा अझैँ रुन्छ देश, हामीलाई सँगै हुन दिदैनन, दानवलाई मानव बनाईदेऊ, गएँ हतारमा, नबनाउनु आशा चक्नाचुर, कसले यहाँ चिने लगायतका थुप्रै गितहरुमा स्वर दिई सकेका छन । पछिल्लो समयमा अत्यन्तै रुचाईएका युवा गायकको नाम हो निर्मल के.सी. । घर परिवारको भरपूर साथ मिलेको बताउने निर्मल साथीभाईहरुको साथ सहयोग, हौसला, प्रोत्साहनबाट अगाडी बढिरहेको बताउछन । जन्मजातै मिठो स्वरका धनी निर्मलसँग व्यवहारिक रुपमा ईमान्दार, मिलनसार, सहनशिल, लगनशिल, कर्मठ आदि गुणहरु रहेका छन् । उनै केसी संग आहा सञ्चार साप्ताहिकका लागि राम वि शाम (साधक)ले गरेको आहा टक ।
जीन्दगीले तपाईलाई जीईरहेको छ की तपाईले जीन्दगीलाई जीईरहनुएको छ ?
जीवन जीउने दौरानमा छु । जीवनले मलाई हैन मैले नै जीवनलाई जीईरहेको छु
अनि कस्तो चल्दैछ कलाकारिता जीवन ?
जे होस आजसम्म सन्तोषजनक नै छ, निरन्तरता दिईरहेको छु ।
घरपरिवाको साथ कत्तिको पाउनुभएको छ ?
परिवारको सर्पोट भरपूर छ । जसको कारण आज म यहाँसम्म पुग्न सफल भएको छु । मेरो बुवाआमा संगित प्रेमी भएकै हुनाले होला यो शौभाग्य मिलेको पनि छ ।
आमाबुवाको गालीलाई कुन रुपमा लिनुहुन्छ ?
म आमाबुवाको गालीलाई अमृत सम्झन्छु किनकी त्यो गालीले मेरो सकारात्मक बाटो तय भयो । गालीलाई पीरको रुपमा कहिल्यै लिईन । सम्झन्थेँ मेरै लागि हो ।
कत्तिको पर्छ लफडा दाजुभाई वीच ।
हा हा हा हा .... पर्छ कहिले कसो तर रिसले होईन मायाले । एकदम माया गर्नुहुन्छ, मेरो दाईले । एकछिन रिसाएको जस्तो ग¥यो अनि फेरी बोल्यो ।
कत्तिका आउँछन् केटीका प्रस्तावहरु ?
हा हा हा कुरो गाह्रो लायो । प्रस्तावहरु त सिधै नभएर कुनै घुमाउरो पाराले आएको अवस्था हो तर ती कुराहरुलाई म वास्ता गर्दिन । त्यसैले अहिलेसम्म यस्तो किसिमको चक्करमा परेको नी छैन । अझै केही वर्षसम्म सोचेको पनि छैन किनकी केही गर्नु छ ।
मानौँ, तपाईलाई यस्तो समस्या आईलाग्यो जसमा तपाईले बुवा, आमा र कलाकारिता एक मात्र रोज्न पाउनुहुन्छ । अब भन्नुहोस कसलाई रोज्नुहुन्छ ?
एकदमै गम्भिर प्रश्न गर्नुभयो सर । ती तीन वटै मलाई नभई नहुने अति आवश्यक हुन् तर एकमात्र रोज्नुपर्दा म आमालाई नै रोज्छु
भगवान र भूतप्रेतमा कत्तिको विश्वास गर्नुहुन्छ ?
सबैले मान्दै आएको कुरा हो र एक पाटोबाट हेर्दा मलाई पनि विश्वास लाग्छ ।
रुकुम जिल्ला भित्रका तपाईले नाम लिनै पर्ने पाँच जना व्यक्तिहरु ।
राम वि शाम (साधक), भद्र नकाल, गोपाल ओली (स्पन्दन), छविलाल विष्ट र भुपेन्द्र वि.एम. (क्यानभास)
एक वोतल वियर र एक वटा सुर्य चुरोटलाई कति रुपँैया पर्छ ?
हा हा हा हा ....... त्यो त थाहा भएन । मेरो यी सब सेवन गर्ने बानी छैन ।
मनौँ, तपाईलाई सरकारी जागिर मिल्यो तर तपाईले कलाकारिता क्षेत्रलाई माया मार्नुपर्छ त्यतिबेला के गर्नुुहुन्छ ?
म यो पेशामा लागि हालेँ, अब यही पेशालाई नै अंगालेर अघि बढ्छु ।
तपाई २४ घण्टभित्र कति घण्टा टेनसन गर्नुहुन्छ ?
कहिले काहीँ त दिनभरी पनि हुन्छ तर प्रायजसो दिनभरी टेनसन मुक्त नै हुन्छु ।
अन्त्यमा जीवन के हो ?
जीवन संघर्षको मैदान हो ।
0 comments:
Post a Comment