आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, March 12, 2016

आहा सञ्चार साप्ताहिक सम्पादक खड्का सम्मानित

रुकुम २९, फागुन ः रुकुमबाट प्रकाशित अग्रणी र प्रभाबशाली पत्रिका आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्का सम्मानित भएका छन । स्थानीय छापा सञ्चार तथा बिकास पत्रकारिताको माध्यमबाट महत्वपुर्ण योगदान गरेको भन्दै जिल्ला विकास समिति रुकुमको नवौं जिल्ला परिषदको अवसरमा सम्पादक खड्कालाई सम्मान गरिएको हो । 
उनलाई आपुर्तिमन्त्री गणेशमान पुन र सांसद मिठ्ठु मल्लले सयुक्त रुपमा खादा र प्रमाणपत्र प्रदान गरी सम्मान गरे ।  जिल्ला विकास समिति रुकुमले हरेक बर्ष परिषदको अवसरमा उत्कृष्ट र बिकास पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गर्दै आएको छ । खड्कासगै बिभिन्न क्षेत्रमा काम गर्ने अन्य ब्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । सम्पादक खड्का कारोबार राष्ट्रिय आर्थिक दैनिक, रेडियो नेपाल र माउन्टेन टेलिभजिनमा पनि रुकुमबाट काम गर्छन । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |