आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 9, 2016

प्रस्ताव दिनुहोस, २ करोड सम्म लिनुहोस

मेगराज खड्का
रुकुम 
तपाई रुकुम जिल्लाको कृषक हो अनी बिउ उत्पादन तथा व्यवसायीक पशुपालको क्षेत्रमा काम गरिरहुन भएको छ । तपाईलाई आफ्नो ब्यवसाय अझै बिस्तारित बनाउनु छ तर आर्थिक अवस्थाका कारण त्यो कार्य सोचे जस्तो हुन सकिरहेको छैन । 
कुनै मन्त्री, नेता तथा जिल्ला स्तरका प्रमुखहरुलाई भनसुन गरी केहि कार्यक्रम पारेर काम चलाउने पनि सोच्नु भएको छ होला । यदि बिउ बिजन उत्पादन तथा व्यवसायिक पशुपालको क्षेत्रका काम गरिरहुन भएको छ र अझै त्यसलाई बिस्तारित बनाउन चाहानुहुन्छ भने कसैलाई भनसुन गर्नुपर्दैन । तपाईहरुजस्तै कृषकहरुका लागि रुकुममा आएको अरबौं बजेट खर्च हुन नसकेर फिर्ता हुने अवस्थामा छ । तपाईले ब्यवसायलाई बिस्तारित गर्ने योजना बनाएर किसानका लागि बिउ बिजन कार्यक्रममा प्रस्ताब पेश गर्नु भयो भने सानो रकम देखि २ करोड सम्मको अनुदान रकम पाउनुहुन्छ । जिल्लामा दुई बर्ष देखि सञ्चालनमा रहेको उक्त कार्यक्रममा जिल्ला स्थित थोरै कृषक तथा कृषक समुहहरुले अनुदान पाउनका लागि प्रस्ताब पेश गरेका कारण जिल्लामा आएको अरबौं बजेट खर्च हुन नसकी फिर्ता हुन लागेको हो । रुकुमका कृषकहरुको क्षमताबृद्धि र उन्नत बिउबिजन उत्पादन बजारीकरणमा सहयोग गर्ने उदेश्यका साथ जिल्लामा आएको अरबौंको कार्यक्रमबारे कृषकहरुको न्यून सहभागिता हुँदा ठुलो रकम फिर्ता हुन लागेपछि जिल्लाको गाउँगाउँमा गएर फेरी प्रस्ताब संकलनको काम पनि भैरहेको रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्माले जानकारी दिए । बेला बेला जिल्लामा हुने बिभिन्न कार्यक्रमहरुमा कृषकहरुको न्युन सहभागिता हुँदा कार्यक्रम मार्फत आएको बजेट सदुपयोग हुन  नसकिरहेको अभिब्यक्ति दिदै आएका स्थानीय विकास अधिकारी शर्माले केहि दिन अघि आफ्नै कार्यकक्षमा यस संग सरोकार राख्ने कार्यालयका प्रमुख तथा प्रतिनीधिहरुलाई बोलाई एक बैठकको समेत आयोजना गरेको थिए । 
जसमा किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम मार्फत औपचारिक रुपमा बिउ बिजन क्षेत्रको बिस्तार एबम् साना पशुपालक कृषकहरुको व्यवसायिकरण गर्ने उदेश्य राखिएको भएपनि सोचेहनुसारको कृषक सहभागिता नभएको छलफलका क्रममा आएपछि बैठक मार्फत निर्णय गरेर त्यस कार्यक्रममा कार्यरत कर्मचारीहरुलाई नै गाउँगाउँमा खटाएर प्रताब ल्याउने र रुकुममा आएको अरबौं बजेट सदुपयोग गर्ने निर्णय गरिएको हो । हाल जिल्लामा दुई दर्जन जति मात्र प्रस्ताब आएर अनुदान रकम लिएको किसानका लागि बिउ बिजन कार्यक्रम रुकुमका बिउ संजोजक भुवन पुडासैनीले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम मार्फत अनुदान लिन सानो लाखको काममा कृषक समुह तथा सहकारी मार्फत प्रस्ताब आउनुपर्छ भने दुई करोड अनुदान लिन कम्पनी मार्फत प्रस्ताब आउनुपर्छ । ‘हाल जिल्लामा करिब दुई करोड जति मात्र रकम अनुदानमा खर्च आएको छ’ बिउ संयोजक पुडासैनीले भने, ‘जिल्लामा करिब यस कार्यक्रमका लागि ५ अर्ब बढी रकम आउनसक्छ तर प्रस्ताब नआएका कारण बजेट खर्च हुन नसकेको हो । जिल्लाभर पशुपालन तथा कृषक समुह गरि करिब दुई हजार बढी समुहहरु रहेको र उक्त समुहमार्फत सबैले १÷१ प्रस्ताब पेश गर्न जिल्ला कृषि विकास कार्यालय रुकुमका बरिष्ठ कृषि बिकास अधिकृत सहदेब हुमागाईले सबैकृषकहरुलाई अनुरोध गरे । 

कसरी दिने प्रस्ताब र लिने अनुदान रकम 
उक्त कार्यक्रम जिल्लाका सबै गाविस तथा नगरपलिकामा सञ्चालनमा छ । कार्यक्रममा उल्लेखित बिषयबस्तुमा रहेर जिल्लाका सबै कृषकहरुले प्रस्ताब पेश गर्न सक्छन । तर त्यसका लागि सानो रकमका लागि कृषक सहकारी तथा समुह मार्फत प्रस्ताब आउनुपर्छ भने ठुलो करोडको लागि कम्पनी मार्फत प्रस्ताब आउनुपर्छ । प्रस्ताब लेखन प्रकृया केहि अफ्ठेरो भएको भएपनि यदि कृषकहरुले प्रताब दिन चाहेमा सम्बन्धीत कार्यक्रमका कर्मचारीले फारम भरिदिन र प्रकृया चाल्नमा सहयोग गर्नेछन । कृषकहरुको प्रस्ताब लेखनलाई सहयोग गर्ने उदेश्यका साथ ३ जना कर्मचारीहरुको ब्यबस्था गरिएको छ भने अन्य १२ जना कर्मचारीहरु पनि गाउँगाउँमा नै खटिएका छन । त्यसका लागि तपाईले गाउँगाउँमा खटिएका कर्मचारीलाई सम्पर्क गरेर प्रस्ताब दिन पनि सक्नुहुन्छ भने खलंगा स्थित किसानका लागि बिउ बिजन कार्यक्रम, रुकुम उद्योग बाणिज्य संघ, जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि बिकास कार्यालयका साथै प्रत्येक गाविस सचिबलाई सम्पर्क गरेर पनि यस सम्बन्धी  जानकारी लिन सकिन्छ । जिल्लाका सबै गाबिसबाट करिब ३÷४ पस््रताबको आबश्यक छ । 
हालसम्म कुन गाबिसमा ककसले लिए अनुदान हेर्नुहोस ः 


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |