
स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका पुन २०६६ सालमा रेडियो सिस्नेमा कार्यक्रम प्रमुख तथा समाचार प्रमुख भएर काम गरे भने २०६९ सालमा “आम सञ्चार अभियान संस्था” स्थापना गरी पत्रकारिता क्षेत्रमा विभिन्न जनशक्ति उत्पादन गर्दै आएका छन । त्यस्तै २०७१ सालदेखि हालसम्म “गेमी त्रिवेणी एफ.एम. ९४.३ मेगाहर्ज” को स्टेशन म्यानेजरको रुपमा समेत काम गर्दै आएका पुन संग आहा सञ्चार साप्ताहिकका लागि राम वि शाम (साधक)ले गरेको आहा टक ।
आजभोलीका दिनहरुले तपाईलाई कसरी घचेटीरहेका छन ?
दिनहरुले घचेट्नु भन्दा पनि मैले नै दिनहरुलाई घचेटीरहेको छु । सामुदायिक रेडियोलाई कसरी सामुदायमुखि बनाउने भनेर निरन्तर लागिरहेको छु ।
आजसम्म कति उत्पादन गर्नुभयो पत्रकार जनशक्ति ?
लगभग दुई सय जति ।
श्रीमान श्रीमती विच आजसम्म कति पटक सम्म झगडा परेको छ ?
झगडा नहुने श्रीमान श्रीमती हामी भेटाउन सक्दैनौँ । कहिले कसो सामान्य झगडा त भई नै रहन्छ तर भईहाले पनि त्यसलाई सामान्य रुपमै लिने गरेका छौँ ।
कस्तो छ दाजुभाई विचमा भातृ प्रेम ?
एकदम राम्रो छ । हामी दाजुभाई विचमा झगडा भएको छैन ।
तपाईप्रति आमाबुवा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
आमाबुवाको चाहाना एकातिर, मेरो चाहाना अर्कोतिर भएकोले जति मैले सन्तुष्ट दिनुपर्ने हो त्यति दिन सकिरहेको छैन ।
विद्यालयमा पढ्ने समयमा कति जना प्रेमिकालाई धोका दिनुभयो ?
पहिलो कुरा त मलाई त्यतिखेर यो प्रेम भन्ने चिज के हो ? केही थाहा थिएन ।
आमा, श्रीमती र छोरा मध्ये एकलाई मात्र रोज्नु पर्दा ?
म आमालाई नै रोज्छु किनकी आमा भएर मात्र श्रीमती र छोरा भएको हो ।
तपाईको विचरमा भगवान छन् की छैनन् र किन ?
भगवान छैनन किनभने यदि भगवान भएको भए मेरा हरेक चाहानाहरु पूर्ति हुनुपथ्र्यो ।
भाग्यमा कत्तिको विश्वास गर्नुहुन्छ ?
म भाग्यमा विश्वास गर्दिन । म कर्ममा विश्वास गर्छु । कर्मले नै भाग्य निर्माण गर्छ ।
रुकुम जिल्ला भित्रका तपाईले नाम लिनै पर्ने पाँच जना व्यक्तिहरु ?
टेकजङ्ग शाह, भिमसिर्जन ओली, भिउमान घर्ती, हेमराज पुन र किरणबाबु पुन
तपाईलाई सबैभन्दा के गर्दा सन्तुष्ट मिल्छ ?
आफूले चाहेका काममा सफलता मिल्दा ।
अन्त्यमा जीन्दगीलाई कसरी परिभाषित गर्ने गर्नुभएको छ ?
संघर्ष, भोगाई, उपलब्धी, खुशी र आँशु ।
0 comments:
Post a Comment