![]() |
file photo |
मनिष खड्का
रुकुम
जिल्ला प्रहरी कार्यालय रुकुमले अखाद्य वस्तु मिसाईएको करिब ६ सय लिटर मह नष्ट गरेको छ । दाङबाट बिक्रिका लागि रुकुम ल्याईदै गरेको मह मुसिकोटमा नष्ट गरिएको हो । दाङको तुल्सीपुरबाट ल्याईएको अखाद्य मह प्रहरी चौकी झुल्नेटाले सोमवार नियन्त्रणमा लिएको थियो । चिनी, भेली लगायतका अखाद्य बस्तु मिसाएर बनाईएको नक्कली मह नियन्त्रणमा लिएको थियो ।
तुल्सीपुर नगरपालिका–६ गलौराका २९ बर्षिय दिलिपकुमार डिसी सहित १६ जनालाई अखाद्य मह सहित पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक रुपेश खड्काले जानकारी दिए । उनीहरुले सस्तो मुल्यमा खरिद गरी महंगो मुल्यमा बिक्रि गर्ने उद्देश्यले रुकुमममा अखाद्य मह भित्र्याईएको प्रहरीले जनाएको छ । करिब ९० हजार बराबरका मह नष्ट गरिएको प्रहरी नायब उपरिक्षक खड्काले बताए । बरामद गरिएको मह जिल्ला प्रहरी कार्यालय परिसरमा बिभिन्न निकायका प्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको हो । अखाद्य मह सहित पक्राउ गरिएका व्यक्तिहरु महिला तथा वालवालिका रहेको र आगामी दिनमा यस्तो कार्य नगर्ने सर्त सहित छोडिएको छ ।
0 comments:
Post a Comment