देबकुमार ओली
रुकुम
बालबालिका र महिलाको स्वास्थ्यमा उल्लेख्य सुधारका लागि गाउँ, छरछिमेकमा पौष्टिक आहारा र सरसफाईको कुरा सिकाउन पाउँदा चुन्बाङ्ग ३ गोर्जलेपाखा रुकुमकी भद्रकला दमाईलाई आजकाल निकै सन्तुष्ट र सुखी लाग्छ । पहिले पहिले गाउँमा यस्ता खालका कुरा सिकाउँदा उनीले धेरै दुख पनि सहनु प¥यो । उनी ६ बर्ष पहिलेको कुरा सम्झन्छिन र भन्छिन ‘पहिले आमा र बच्चाको स्वास्थ्य सम्बन्धी केहि कुरा सिकाउँन जाँदा, हामीले पहिले अस्पतालमा गएर छोराछोरी जन्माएका हौर, तैले सिकाएर हुन्छ भन्दै हप्काउँर्थे ।’
उनी निरास हुदै मनमा कुरा खेलाउँदै अनी कसैले मेरा कुरा नै सुन्दैनन्, उल्टै हप्काउँछन कसरी सम्झाउने होला भन्ने चिन्तामा हुन्थिन । मानव जीवनको अभिन्न पक्ष मानिने पोषणयुक्त खानपान तथा सरसफाईका यी जीवन उपयोगी स्वास्थ्य सन्देश अज्ञानताका कारण पुराना पुस्ता र अशिक्षित व्यक्तिहरुका लागि हावादारी गफ जस्तैै हुन्थे । तर एकवर्ष अघिदेखि यूएसएआईडीको आर्थिक सहयोगमा सुआहारा कार्यक्रम सञ्चालनमा आएपछि महिला तथा बालबालिको स्वास्थ्यमा पोषण र सरसफाईको महत्व ह्वातै बढेको छ । यो कार्यक्रम सुरु हुँदाबखत भद्रकला दमाइ र उनीजस्तै स्वयंसेविकाहरुले केही कठिनाई भोग्नु परेपनि अहिले सुआहारा अर्थात राम्रो पोषण सम्बन्धि चेतनाले समग्र गाउँवस्तीको काँचुली नै फेर्दै छ । पहिले उनका कुरा नसुन्नेहरु पनि आजकाल पोषणयुक्त खानपान र सरसफाईमा सबैभन्दा बढी ध्यान दिन्छन । स्वस्थ भएर बाँँच्न दैनिक जीवनमा चाहिने रसायनिक विषादी अनि रासायनिक मलबिना नै आफ्ना करेसावारीमा पोषिलो अर्गानिक अन्न र तरकारी उत्पादन गरेर खाने गर्छन ।
वडा नम्बर २ की सुशिला श्रेष्ठको अनुभब पनि त्यस्तै छ । उनि भन्छिन आजकाल गाउँका मान्छे, बालबालिका, महिला, स्वास्थ्य तथा प्रजनन स्वास्थ्यका विषयमा परामर्श र सल्लाह माग्न आउँछन । पहिले यस्तो कुरा सिकाउन खोज्दा त मैले पनि गाली खाँए, गाउँमा रक्सी खाएका मान्छे त कुट्न पनि आइलागे । आफ्नो भोगाई सुनाउँदै भनिन, ‘अहिले सबै बुझ्ने भइसके, समस्या पर्दा सबै सहयोग र सल्लाह माग्न आउँछन । गर्भवती, सुत्केरी र बालबालिकाको पोषण र स्वास्थ्यप्रति ख्याल राख्न यस गाउँमा आफैँ सक्षम छन ।’ स्वास्थ्यमा परिवर्तन ल्याउन सुआहारा कार्यक्रमले महत्वपूर्ण सहयोग पुगेको बताउँदै उनी उत्साह थप्दै हाँस्दै भन्छिन ‘चुन्बाङ्गमा सुआहाराले चाँहि केहि त अझै गर्छ है ।’
चुन्बाङ्गमा जस्तै अहिले रुकुम जिल्लाभरी नै सुआहारा कार्यक्रम संचालन भएपछि जिल्लाको ग्रामीण क्षेत्रका बालबालीका र महिलाहरुको स्वास्थ्यमा सुधार आएकोे छ । कार्यक्रम लागु भएपश्चात पोषण र सरसफाईको क्षेत्रमा बढेको चेतना स्तरले बालबालीका र गर्भवती महिलाको स्वास्थ्यमा निकै नै सुधार आएको छ । बिशेष गरी सुनौला हजार दिनका बालबालिहरुको पोषण, महिलाको स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा बिशेष प्राथमिकतामा राखेर रुकुमको २९ गाविसका दुई सय ६१ वटै वडामा कार्यक्रम संचालन हुदै आएको छ । अहिले हरेक समुदायमा जनचेतनाको क्रमस सुधार हुदैँ बालबालीका र महिला स्वास्थ्यमा एक प्रकारको परिवर्तन नै छाएको देखिन्छ ।
आफुहरुलाई कार्यक्रम लागु भएपश्चात बालबालिका र आमाको स्वास्थ्य अवस्था कसरी स्वस्थ्य राख्न सकिन्छ भन्ने बिषयमा जानकारी भएको चुन्बाङकै अम्मा टमटाको भनाई छ । सुआहारा कार्यक्रमले समुदायका प्रत्येक परिवार र तिनका सदस्यहरुमा सुनौला हजार दिनको बेला आबश्यक स्वास्थ्य जागरुकता मात्रै गराएको छैन, ति घरमा अहिले पौष्टिकयुक्त सन्तुलित खानपान तथा सरसफाई अनिवार्य आवश्यकता र सर्तसमेत बनिसकेको छ । चुन्बाङकै सरसफाई सहजकर्ता दिपसिका ओली भन्छिन ‘आजकाल चुन्बाङको लाखरखोला, चन्दने, भेरीडाँडा, बिजौरा, गैरीगाउँ बुढागाउँ, सिम्चौर र गोठीबाङका स्थानिय, गर्भवती तथा सुत्केरी महिला, बालबालिका र तिनका परिवार अनि समुदायस्तरमा उल्लेख्य सुधार आएको छ । कार्यक्रमले समुदायमा स्वास्थ्य सम्बन्धि व्यवहार परिवर्तनमा महत्वपूर्ण सहयोग पुगेको सुआहारा कार्यक्रमका अत्याबश्यक पोषण कार्य अधिकृत लोकमनी गिरीको भनाई छ । महिला, बालबालिकालाई खानपान र सरसफाईको माध्यमबाट स्वस्थ राख्न सकिएमा मात्रै व्यक्तिको भविष्य र सिङगो समाज स्वस्थ्य हुन सक्छ । मानव स्वास्थ्य र गर्भवस्थादेखि विषेशगरी २ वर्षमूनिका बालबालिकाको अवस्था संवेदनशील हुने भएकोले यो कार्यक्रममार्फत पोषण, पोष्टिक खाद्यान्न उत्पादन तथा नर्सरी, बगैँचा तयार, हेरचाह, स्तनपान, थप खानाको आवश्यकता लगायतका तालिम र विधिहरु सिकाए पश्चात जीवन व्यवहारमा लागू गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको अधिकृत गिरिको भनाई छ ।
बालबालिकामा हुने कुपोषणको जोखिमबाट मुक्त गरी स्वस्थ्य समाज निर्माण गर्ने यसको उद्देश्य भएकोले हेर्दा र सुन्दा यी विषयहरु सामान्य लाग्न सक्छ, तर यो मानव स्वास्थ्यका लागि अभिन्न शिक्षा हो, सुआहारा कार्यक्रमबारे स्पष्ट पार्दै सुआहाराका अत्याबश्यक सरसफाई तथा स्वच्छता अधिकृत बिकाश बञ्जारा बताउछन । गरिबी तथा जनचेतनाको अभावका कारण अधिकांश अशिक्षित महिलाहरुले आफ्ना बालबालिकाहरुको स्वास्थ्य प्रति ध्यान नपु¥याउँदा बच्चाहरु कुषोषणको सिकार भएको क्षेत्रमा सुआहारले कार्यक्रम संचालन गरेको हो । चुन्वाङ ३ की दिलकुमारी परियार सुत्केरी भएको ७ महिना भयो । उनले आफू र बच्चालाई चाहिने पौष्टिक खाद्यान्न र तरकारी आफनै परिवारले उत्पादन गर्दै आएको बताउँछिन । उनको पहिलो बच्चा हुँदा पौष्टिक आहारा र थप खानाको महत्व खासै थाहा नभएको र अहिले सुआहारा कार्यक्रमले दिएको तालिमबाट धेरै कुरा सिकेपछि दोस्रो बच्चाको लागि उचित स्याहारसुसारले पहिलोको तुलनामा धरै स्वस्थकर र फूर्तिलो भएको अनुभव गर्छिन । उनी भन्छिन ‘जिन्दगी, खानालाई हैन बाँच्नलाई खानु पर्छ ।’ मानव जिवनका सबैभन्दा महत्वपूर्ण विकास एक हजार दिनभित्र हुने भएकोले सुआहारा महिला तथा दुई वर्षमूनिका बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउने कार्यमा सुआहारा समर्पित सामुदायिक कार्यक्रम भएको संस्थाका जिल्ला संयोजक बशन्त थापाको भनाई छ ।
0 comments:
Post a Comment