मेगराज खड्का
रुकुम ६, फागुन
नेपाली काग्रेस रुकुमको छैटो जिल्ला अधिबेशनबाट प्रेम प्रकाश ओली बिजयी भएका छन । ओलीले २५९ मत प्राप्त गरि उनका निकटतम प्रतिद्धन्द्धी कृष्ण बहादुर रोकायलाई पराजित गरेका हुन । रोकायले २२३ मत मात्र प्राप्त गरेका थिए ।
निकै कडा प्रतिष्पर्धा बिच भएको चुनाब परिणाम अनुसार सचिव पदमा हर्कसिंह खत्रीलाई पराजित गदै भिम खड्का विजयी भएका छन । खड्काको २६३ रहेको छ भने खत्रीको १९६ मत रहेको छ । कोषाध्यक्षमा मोहवीर खड्का यसअघि नै निर्विरोध निर्बाचित भैसकेका थिए । रोकाय देउवा पक्षिय नेता हुन भने ओली संस्थापन पक्षिय नेता हुन । ओली सभापतिमा बिजयी भएपनि उनका सुबेच्छुकहरुले सदरमुकाम खलंगा अबिर ¥याली निकालेका थिए । बिजयी सभामा बोल्दै नबनिर्बाचित सभापति ओलीले आगामी दिनहरुमा सबै पक्षलाई समेटेर जाने बताए ।
0 comments:
Post a Comment