आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, February 27, 2016

निरन्तर विद्यार्थी मूल्याङ्कन र विद्यमान अवस्था

शेर प्रसाद ढकाल

समय परिवर्तनशील छ । समयको गतिसँगै हरेक क्षेत्रमा नवीनतम चिन्तन, त्यसको प्रयोग र सार्थक निष्कर्षले नयाँ मान्यताको विकास हुने गरेको छ । हिजोका ज्ञानसीप आर्जन गर्ने तरिका र प्रकृति आज कुनै न कुनै रुपम पृथक छन् । यो स्वभाविक प्रक्रिया पनि हो । तर हामीले यो कुरालाई सहज रुपमा आत्मसात गरेर व्यवहारिक रुप पाउन समय लाग्ने गरेको छ । किनकी हाम्रा अधिकांस चिन्तन र व्यहारहरु पुरानै ढर्राबाट चल्न बानी परिसकेका छन् । त्यसैले त भनिन्छ, नानी देखि लागेको बानी हटाउन गाह्रो हुन्छ । 
यसै सन्दर्भमा शिक्षा क्षेत्रमा नवीनतम मूल्य, मान्यता र पद्धतिको विकास हुने क्रममा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली पनि एक हो । निरन्तर विद्यार्थी मूल्याड्कनको अवधारणाको अभ्यास नेपालमा एक दशक अघि देखि हुदै आएको छ । तर यो अझै पूर्ण रुपमा कार्यान्व्यनमा आउन सकेको छैन । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीका बारेको बुझाइमा एकरुपता नआउँदा यो मूल्याङ्कन प्रणालीले सार्थकता पाउन सकेको छैन ।  पेपर पेन्सिल टेस्टलाई आधार लिएर उत्तीर्ण÷ अनुत्तीर्ण गराउन बानी परेका सबै शिक्षकहरुले  निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई बडो झन्झटिलो  रुपमा लिएको पाईन्छ । यसका सवल र कमजोर पक्षका बारेमा हामीले गम्भीर भएर कहिलै पनि सोचेका छैनौं । निरन्तर विद्यार्थी मूल्याङ्कनको अपेक्षा, लक्ष्य र उद्देश्यका बारेमा हामीले गहिरिएर बुझने, त्यसको कार्यान्वयन गर्ने र वास्तविकता अभिभावकलाई सम्म पुर्याउने तर्फ सकरात्मक सोच बन्न सकेको छैन । कुनै पनि कुराको सकरात्मक पक्ष खोतल्न भन्दा नकरात्मक पक्ष कोट्याउन अग्रसर हुने हामी नेपालीहरुको प्रवृत्ति नै बनी सकेको छ । कतिपय विद्यालयहरु अझै निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको अन्योलतामा रहेर पुरानै लिखित परीक्षालाई मात्र मूल्याङ््नको आधार बनाउन बाध्य छन् । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागू भएका भनिएका विद्यालयहरु पनि  मापदण्ड अपनाएर मूल्याङ्कन गर्नुको साटो लिखित परीक्षालाई आधार लिएर निरन्तर विद्यार्थी मूल्याङ्कलाई औपचारिकता मात्र दिने गरेको यथार्थता पनि हामी सामु रहेका छन् । 
 नवौं पञ्चवर्षीय  योजनाले निरन्तर विद्यार्थी मूल्याङ्कन र उदार कक्षोन्नतीलाई प्राथमिक तह कक्षा १–३ सम्म लागू गर्ने उल्लेख गरेको थियो । सोही अनुसार आधारभूत तथा प्राथमिक शिक्षा परियोजना ले पनि गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्तिका लागि परिक्षणका रुपमा वि.सं. २०५६/०५७ बाट नेपालका ५ जिल्लामा उक्त मूल्याङ्कन प्रणाली परीक्षणका रुपमा शुरुवात भएको थियो । अनिवार्य प्राथमिक शिक्षा लागू भएका इलाम, चितवन, स्याङ्जा, सुर्खेत र कञ्चनपुर जिल्लामा परीक्षण गरिएको थियो । प्राथमिक शिक्षा पाठ्यव्रmम, आधारभूत तह कक्षा ६–८ पाठ्यव्रmम, तथा माध्यमिक शिक्षा पाठ्यव्रmमले पनि यो अवधारणा अनुसार विद्दयार्थीको मूल्याड्कन गर्न प्रस्ताव गरेका छन् । त्रिवर्षीय योजना तथा तेह्रौं पञ्चवर्षिय योजनाले पनि निरन्तर विद्यार्थी मूल्याड्कनलाई जोड दिने नीतिगत प्रवन्ध गरेको छ । त्यसै गरी राष्ट्रिय पाठ्यव्रmम प्रारुप (२०६४) ले निरन्तर विद्यार्थी मूल्याड्कनका सम्बन्धमा विद्यार्थीले कक्षागत सिकाइ उपलब्धिहरू पूरा गरे वा नगरेको, उनीहरूको व्यवहार, प्रवृत्ति, क्षमता, सीपमा अपेक्षित परिवर्तन आए वा नआएको र शिक्षणसिकाइ क्रियाकलापलाई निरन्तर पृष्ठपोषण प्राप्त गरे वा नगरेको भनि निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिमा जोड दिइने प्रावधान गरेको छ । विद्यालय क्षेत्र सुधार कार्यव्रmम (२००९) ले पनि निरन्तर विद्यार्थी मूल्याड्कनलाई कक्षा ७ सम्म उपचारात्मक शिक्षण मार्फत सिकाइको सुनिश्चित गरी कार्यान्वयन गर्ने नीति लिएको छ । यसरी विभिन्न नीतिगत दस्तावेजहरुले निरन्तर विद्यार्थी मूल्याड्कनलाई संस्थागत गर्ने कुरा निर्दिष्ट गरेकोले हाल कार्यान्वयनमा रहेका विद्यालय शिक्षाका पाठ्यव्रmमले यो मूल्याड्कनलाई  सिकाइ मूल्याड्कनको प्रमुख आधारका रुपमा व्यवस्थित गरेका छन् । प्राथमिक पाठ्यव्रmम २०६२ र २०६५ मा गरेको व्यवस्था अनुसार विद्यार्थीको मूल्याड्कन निर्माणात्मक र निर्णयात्मक गरी दुइ प्रकारबाट गर्नु पर्छ । कक्षा १–३ सम्म पूर्ण रुपमा निरन्तर विद्यार्थी मूल्याड्कनका आधारमा मूल्याड्कन गर्ने प्रावधान रहेको छ । यसैका आधारमा विद्यार्थीको कक्षोन्नती गर्ने व्यवस्था गरिएको छ । यस कार्यलाई व्यवस्थित गर्न कार्यसञ्चयिका फायललाई व्यवस्थित गर्नुपर्ने व्यवस्था छ । यसले सुधारात्मक शिक्षणमार्फत विद्यार्थीका सिकाइ समस्या समाधान गर्नुपर्ने कुरालाई स्पष्ट गरेको छ । त्यसैगरी कक्षा ४ र ५ को हकमा ५० प्रतिशत निरन्तर विद्यार्थी मूल्याड्कन र ५० प्रतिशत परीक्षा मार्फत विद्यार्थीको मूल्याड्कन गर्ने व्यवस्था प्राथमिक पाठ्यव्रmम २०६५ ले गरेको छ । यसप्रकारको मूल्याड्कनलाई कक्षा ७ सम्म विस्तार गर्ने विद्यालय क्षेत्र सुधार कार्यव्रmम र पाठ्यव्रmम प्रारुपले गरेकाले आधारभूत पाठ्यव्रmम २०६८ ले विद्यार्थी मूल्याङ्कन प्रव्रिmयालाई व्यवस्थित गर्न विद्यार्थीको कार्यसञ्चयिका (प्रगति विवरण) राख्नु पर्ने प्रावधान गरेको छ । यसमा विद्यार्थीको कक्षा कार्य, परियोजना कार्य, सिर्जनात्मक कार्य, गृहकार्य, उपलब्धि परीक्षा, हाजिरी, अनुशासन, व्यावहारिक परिवर्तनको अवलोकन आदिबाट प्राप्त सूचना व्यवस्थित गर्नुपर्नै व्यवस्था छ । सुधारात्मक शिक्षणको प्रवन्ध पनि गरेको छ । कक्षा ६ र ७ मा ६० प्रतिशत आवधिक परीक्षा (निर्णयात्मक) पद्धतिबाट र ४० प्रतिशत निरन्तर विद्यार्थी मूल्याङ्कन (निर्माणात्मक) पद्धतिबाट विद्यार्थीको लेखाजोखा गर्ने प्रवन्ध गरेको छ । प्राप्ताअंक कायमगरी ७० प्रतिशतदेखि १०० प्रतिशतसम्म क श्रेणी ४० प्रतिशतदेखि ६९ प्रतिशतसम्म ख श्रेणी, ४० प्रतिशतभन्दा तल ग श्रेणी उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ । यसले निरन्तर विद्यार्थी मूल्याड्कनका सम्बन्धमा शिक्षक पूर्णरुपमा तयार रहनुपर्ने र प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार हुन पाठ्यव्रmमले निर्दिष्ट गरेको छ । 
निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिको मुख्य लक्ष्य विद्यार्थीको सिकाइलाई सुनिश्चित गर्ने हो । यसको मुख्य उद्देश्य विद्यार्थीको व्यक्तिगत सिकाइ उपलब्धिका आधारमा आवश्यकता अनुसार निरन्तर  सिकाइ अवसर प्रदान गरी  सिकाइ स्तरमा सुधार गर्नु हो । यसर्थ निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली र विद्यमान अवस्था यस प्रकार रहेको पाइन्छ ः  
1. निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली विद्यार्थीलाई स्वतः उत्तीर्ण गराउने प्रणाली नभएर प्रभावकारी सिकाइको अवसर प्रदान गर्ने पद्धति ।
2. पाठ्यक्रममा उल्लेखित सिकाइ उपलब्धिलाई नै आधार मानी शिक्षण सिकाइ क्रियाकलाप तथा मूल्याङ्कन गर्नुपर्ने ।
3. निरन्तर विद्यार्थी मूल्याङ्कन प्रव्रिmयामा पठनपाठनको शुरुमा, सँगस“गै तथा अन्तमा मूल्याङ्कन गरी विद्यार्थीहरूको सिकाइको स्तर पत्ता लगाई तोकिएको सिकाइ उपलब्धि हासिल गर्न नसकेका विद्यार्थीहरूका लागि सुधारात्मक शिक्षण वा व्यक्तिगत रूपमा विशेष ध्यान दिई विद्यार्थीलाई सिक्न प्रोत्साहन मिल्ने । 
4. तोकिएको सिकाइ उपलब्धि हासिल गर्न नसकेका विद्यार्थीलाई व्यक्तिगत शिक्षणको अवसर दिई अरु विद्यार्थी सरह बनाउने प्रयास रहने । साथै तोकिएको सिकाइ उपलब्धि हासिल गरिसकेका विद्यार्थीलाई थप सिकाइ क्रियाकलापका अवसर दिने र अर्को सिकाइ उपलब्धिमा लिन सकिने । 
5. शिक्षणसिकाइको क्रममा विद्यार्थीको आवश्यकता अनुसार शिक्षणसिकाइ क्रियाकलाप विविधता ल्याई उनीहरुको क्षमता अनुसार सिकाइ अभिवृद्धि गराउन शिक्षकको ध्यान केन्द्रित हुने जसले सिकाइ उलपलब्धि प्राप्त हुने । विद्यार्थीको सिकाइ अभिवृद्धि गर्न तत्काल पृष्ठपोषण दिन सकिने ।
6. प्रत्येक घन्टीमा, पाठको अन्तमा, पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक तथा सत्रको अन्तमा विद्यार्थीको नियमित मूल्याङ्कन हुने ।
7. सिकाइ उपलब्धिको लेखाजोखा गर्न मूल्याङ्कनका औपचारिक तथा अनौपचारिक माध्यम र साधन प्रयोग हुने । जस्तै ः विद्यार्थीको पूर्व उपलब्धि, क्षमता तथा रुचीलाई विचार गरेर लिखित तथा मौखिक परिक्षा, जीवनोपयोगी  तथा व्यावसायिक सीप अवलोकन, कक्षा कार्य, समूह कार्य, परियोजना कार्य, विद्यार्थीले तयार गरेको सामग्री, आदि । निरन्तर मूल्याङ्कनलाई प्रभावकारी बनाउन औपचारिक भन्दा अनौपचारिक माध्यमको प्रयोगमा बढी जोड हुने ।
8. विभिन्न क्षमता भएका विद्यार्थीहरूका लागि आवश्यकता अनुसार उपयुक्त मूल्याङ्कन माध्यम र साधन प्रयोग गर्न सकिने । जस्तै ः शारीरिक रुपमा कमजोर, दृष्टि क्षमता कमजोर, श्रवण क्षमता कमजोर, आदि ।
9. शिक्षणसिकाइको क्रममा निर्दिष्ट सिकाइ उपलब्धिका आधारमा विद्यार्थी उपलब्धिको नियमित मूल्याङ्कन गरी सोको अभिलेख नियमित रुपमा राख्नुपर्ने ।  
10. निरन्तर विद्यार्थी मूल्याङ्कनका व्रmममा विद्यार्थीको कार्यसञ्चयिका (प्रगति विवरण) फायल राख्नु पर्ने । जसमा विद्यार्थीको कक्षा कार्य, परियोजना कार्य, उपलब्धि परीक्षा, विद्यार्थीमा आएको व्यावहारिक परिवर्तन, अवलोकन, हाजिरी आदिका अभिलेख राख्नु पर्दछ । यसलाई अद्यावधिक गरिरहनु पर्ने । 
11. विद्यार्थीको प्रगति प्रतिवेदन तयार गरी विद्यार्थी र अभिभावक समेतलाई प्रदान गर्न सकिने । साथै विद्यार्थीले हासिल गरेको उपलब्धिको आधारमा विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, अभिभावक लगायत सम्बद्ध सबै पक्षले पृष्ठपोषणको आदानप्रदान गर्न सक्ने । 
12. प्रत्येक शिक्षकले प्रत्येक कक्षा र प्रत्येक विषयका लागि छुट्टाछुट्टै मूल्याङ्कनका फारामहरू प्रयोगमा ल्याउनुपर्ने । 
13. विद्यार्थीले गरेको प्रगतिका आधारमा उनीहरूलाई ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गर्नु पर्ने । 
14. निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली आफैमा उत्कृष्ट रहेता पनि यसको अवधारणा प्रतिको बुझाइले लागू गर्नमा समस्या उत्पन्न भएको ।
15. धेरै संख्या भएका कक्षाकोठामा यो विधि लागू गर्न समस्या हुनु ।
16. विद्यार्थीहरु कक्षामा नियमित नहुदा मूल्याङ्कनमा समस्या हुनु ।
17. विद्यालय निरीक्षक, स्रोत व्यक्ति आदिको नियमित अनुगमन तथा शैक्षिक परामर्श नुहदा समस्या समाधानमा कठिनाइ हुनु ।
18. बालमैत्री कक्षाकोठा नहुदा उचित विधि र क्रियाकलाप अपनाउन समस्या हुनु ।
ज्ञढ. प्रयोगशाला नहुनु साथै अभिभावकको चासोमा कमी र निरन्तर विद्यार्थी मूल्याङ्कन प्रतिको भ्रम कायमै रहनु ।

 निरन्तर विद्यार्थी मूल्या«ङ्कलाई सार्थक बनाउन सकेमा सिकाइ उपलब्धि बृद्धि हुने कुरा निश्चित छ । त्यसका लागि केवाल दृढ अठोट र जिम्मेवारी बोधको खाँचो छ । असंभव भन्ने कुरा केवल मुर्खको डायरीमा छ भन्ने कुरालाई आत्मसात गरौं । नवीनतम शैक्षिक प्रविधिलाई प्रयोगमा ल्याउने प्रयासलाई निरन्तरता दिऔं । नयाँ विषयवस्तु र ज्ञानका क्षेत्रमा परिचित हुने चेष्टा गरौं । विद्यार्थीको वास्तवविक पथ प्रर्दशक र अभिभावकको आशा र भरोसा ‘शिक्षक’ भन्ने कुराको अनुभूति गराऔं ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |