आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 23, 2016

चौरजहारी देखि मुसिकोट नगरपालिका सम्म बिद्युतको बेहाल


मेगराज खड्का
रुकुम 
नगरपालिका भनेपछि सामान्यतया पनि बिद्युत, खानेपानी र सडकको राम्रै पहुँच हुनुपर्ने हो तर रुकुमको चौरजहारी नगरपलिकामा भने यी तिन वटौ सुबिधा प्रभाबकारी छैनन् । बर्षात शुरु भयो भने हिलाम्य र हिउँद शुरु भयो भने धुलाम्य हुने सडक देखि भेरी नदिको पानी खाने जनता पनि चौरजहारी नगरपालिकामै छन । सडक र खानेपानीको जसरीतसरी भएपनि जोहो गरेका नगरबासीलाई लामो समयदेखिको बिद्युत अबरुद्धले भने अन्धकारमय नै बनाईदिएको छ ।  
१० महिना अघि अबरुद्ध भएको रुकुमको चौरजहारी नगरपालिकाको विद्युत आपुर्ति अझै पनि भएको छैन । विजयश्वरी साना जलविद्युत परियोजना मार्फत सञ्चालन भैरहेको बिद्युत व्यवस्थापन पक्षको लापर्बाहीले गर्दा यस्तो समस्या लामो समयसम्म रहेको स्थानीयहरुको भनाई रहेको छ । जेठ महिनाको शुरुवात सगै अवरुद्ध भएको विद्युत सेवा हाल सम्म पनि सुचारु नहुँदा हजारौं घरधुरी अन्धकारमा छन । जिल्लाको दोस्रो ब्यापारिक केन्द्रको रुपमा रहेको चौरजहारी क्षेत्रमा केन्द्रिय लाईन बिस्तार नभएका कारण विजयश्वरी साना जलविद्युत परियोजना मार्फत सञ्चालित बिद्युत नै एकमात्र बिद्युत सेवा हो । बिद्युत सेवा लामो समय सम्म अबरुद्ध भएको यो पहिलो घटना भने नभई बेला बेला यस्तै समस्या बर्षेणी हुने गरेको स्थानीय बताउछन । उक्त बिद्युत सेवा चौरजहारी नगरपालिका अन्र्तगतका एयरपोर्ट, नाखिरा, लामिछानेगाउँ, घारीगाउँ, पुरानोवजार, नयाँवजार, रुकुमे गाउँ, टाटागाउँ, स्यालखोला, लापुलेगाउँ, मनकोट र खहरे लगायत गाउँका करिब एक हजार उपभोक्ताहरुले विद्युत उपभोग गर्दैआईरहेका थिए । 

विद्युत सेवा वन्द हँुदा आम स्थानीयबासीहरुको दैनिकी सगै अस्पताल, बिद्यालय तथा स्थानीय कलकारखाना तथा उद्योगहरु नराम्ररी प्रभाबित भएका छन । चौरजहारी नगरपलिकामा रहेको जिल्लाकै राम्रो मानिने चौरजहारी अस्पतालमा बिद्युत नहुँदा नियमित कामकाज देखि अप्रेशन लगायतका सेवाहरु जेनेरेटर मार्फत सञ्चालन गर्नुपरेको अस्पतालका प्रशासक डिल बहादुर गिरीले जानकारी दिए । उनका अनुसार अहिले अस्पतालमा २४ सै घण्टा जेनेरेटर सञ्चालन गर्नुपर्दा अस्पताललाई आर्थिक भार बढि पर्न गएको छ । ‘लामो समय सम्म बिद्युत नहुँदा हामीले निकै समस्या भोगिरहेका छौ’ प्रशासक गिरीले भने, ‘जेनेरेटर चलाउन पनि नाकान्दीको समयमा त किनै कठिन प¥यो, स्थानीय प्रहरी प्रशासनलाई गुहार्दागुहार्दा धौधौ समस्याको चाँहि सामाना गरिरहेका छौं ।’ गाविसका केहि आर्थिक हिसाबले सम्पन्न परिवारहरुले सोलार मार्फत घरघरमा बत्ति बालिरहेका छन भने अन्य बिपन्न समुदायहरु भने अध्यारोँमै रात काट्न बाध्य छन । बिद्युत नहुँदा मोवाईल फोन समेत चार्ज गर्न देखि रेडियो र टिभी हेर्न बाट समेत स्थानीयहरु बञ्चित भएका छन । बिद्युत लामो समयसम्म अबरुद्ध सगै घरघरमा सोलार राख्नेहरु पनि बढेका छन । 

१ सय ५० किलोवाट विद्युत उत्पादन क्षमता रहेको उक्त बिद्युत आयोजनाको पावरहाउसमा रहेको एउटा मेसिन विग्रीएको कारण सेवा अबरुद्ध भएको विजयश्वरी साना जलविद्युत परियोजनाले जानकारी दिएको छ । केन्द्र प्रमुख जय वहादुर मल्लका अनुसार आर्थिक अभाबका कारण बिग्रेको मेसिन मर्मत हुन नसकेको र मर्मतका लागि प्रयास जारी रहेको छ । यसैबिच जिल्ला सदरमुकाम रहेको अर्को मुसिकोट नगरपलिकामा पनि बिद्युत सेवाको अवस्था बेहाल नै छ । जहिलै तालिकाबिना २/४ घण्टा अनियमित सेवा प्रदान भैरहेको बिद्युत सेवा बेला बेला महिनौं अवरुद्ध समेत हुने गरेको छ । जिल्लाकै स्यार्पुदल साना जलबिद्युत आयोजना मार्फत उत्पादित बिद्युत रुकुमेली बिद्युत उर्जा विकास उपभोक्ता समितिले सञ्चालन गर्दै आईरहेको छ । बिद्युत अनियमतिताका कारण बिषेश गरि जिल्लामा सञ्चालित करकारखाना तथा सञ्चार सेवा प्रभाबित भएका छन । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |