कृष्णप्रसाद गौतम रुकुमको राजनीतिमा परिचित नाम हो । बिषेशगरी बहुदल बाजेका नामले चिनिने गौतम नेपाली काग्रेस रुकुमका एक पाका नेता पनि हुन । २००१ साल माघ १९ गते रुकुमको सेरीगाउँमा जन्मिएका गौतम नेपाली काग्रेस रुकुममा रहेर राजनीति गरेको लामो ईतिहास छ ।
२०३९ सालको जनमत संग्रहको बेला अगुवाई गरेका गौतम त्यसपछि पार्टीको बिभिन्न महत्वपुर्ण पदमा रहि २०४८ सालमा कांगेस रुकुमको सभापति समेत भएका थिए । २०५१ सालको आम निर्बाचनमा रुकुम क्षेत्र नं १ बाट निर्बाचित सांसद गौतम काग्रेस रुकुममा एक तार्किक बहस गर्न सक्ने पाका नेताको रुपमा नाम स्थापित छ । संघियता सहित संबिधान मार्फत पुर्बि रुकुम र पश्चिम रुकुम गरि अन्योलपुर्ण तरिकाले रुकुम दुई टुक्रा पारेकोमा उनी कडा आपत्ती तथा बेलाबेला दुख पनि ब्यक्त गर्ने गरेका छन । रुकुमको कांगे्रसले भने यसपटक पार्टीमा उनले गरेको योगदानलाई भुल्यो । कांग्रेस राजनीतिमा लामो ईतिहास भोकेका गौतमलाई यसपटक अधिबेशनमा प्रतिनीधिको रुपमा समेत स्थान नै दिईएन । बिषेशगरी यहि बिषयबस्तु संगै काग्रेस रुकुमको चुनाब, आन्तरिक किचलो, जिल्लाको समग्र राजनीति र बिकासका सन्दर्भमा पुर्ब सांसद गौतमसंग आहा सञ्चार साप्ताहिकका लागि सम्पादक मेगराज खड्काले गरेको कुराकानी ।
२०३९ सालको जनमत संग्रहको बेला अगुवाई गरेका गौतम त्यसपछि पार्टीको बिभिन्न महत्वपुर्ण पदमा रहि २०४८ सालमा कांगेस रुकुमको सभापति समेत भएका थिए । २०५१ सालको आम निर्बाचनमा रुकुम क्षेत्र नं १ बाट निर्बाचित सांसद गौतम काग्रेस रुकुममा एक तार्किक बहस गर्न सक्ने पाका नेताको रुपमा नाम स्थापित छ । संघियता सहित संबिधान मार्फत पुर्बि रुकुम र पश्चिम रुकुम गरि अन्योलपुर्ण तरिकाले रुकुम दुई टुक्रा पारेकोमा उनी कडा आपत्ती तथा बेलाबेला दुख पनि ब्यक्त गर्ने गरेका छन । रुकुमको कांगे्रसले भने यसपटक पार्टीमा उनले गरेको योगदानलाई भुल्यो । कांग्रेस राजनीतिमा लामो ईतिहास भोकेका गौतमलाई यसपटक अधिबेशनमा प्रतिनीधिको रुपमा समेत स्थान नै दिईएन । बिषेशगरी यहि बिषयबस्तु संगै काग्रेस रुकुमको चुनाब, आन्तरिक किचलो, जिल्लाको समग्र राजनीति र बिकासका सन्दर्भमा पुर्ब सांसद गौतमसंग आहा सञ्चार साप्ताहिकका लागि सम्पादक मेगराज खड्काले गरेको कुराकानी ।
रुकुम टुक्रिएको बिषयमा जिल्लामा धेरै आन्दोलन भयो । अन्तत रुकुम टुक्रिएरै संघियता सहितको संबिधान जारी भयो । तर तपाई अझै पनि रुकुम टुक्रिएको बिषयमा ब्यक्तिगत छलफल तथा कार्यक्रमहरुमा आफ्नो धारणा राख्दा आपत्ति जनाईरहुनु भएको हुन्छ नी । खासमा सटिक कुरा के हो ?
एकदमै दुखका साथ भन्नुपर्छ, यहाँ नेतृत्व गरिरहेका जिल्ला स्थित सबै दलका नेता तथा मन्त्री हुन या केन्द्रीय राजनीति गरीरहेका साथीहरुले रुकुमको बारेमा चिन्तन नै नगरेको अबस्था मैले महसुस गरेको छु । त्यहि कारण म एक्लै भएपनि बेलामौका यस्ता कुराहरु जनतामाझ गरेर केहि भएपनि समस्या सामाधान होस भन्ने हेतु राखेको छु । जिल्ला तथा केन्द्र स्तरका नेताहरुले रुकुम मात्र यस्तो जिल्ला देख्नु भयो, जो टुक्रा नपारी समस्या समाधान नै नहुने देख्नुभयो । कसले केके गरे त्यो जनतामाझ छर्लंग भैसकेको छ तर सटिक कुरो जे काम भयो त्यसले रुकुम प्रति निकै अन्याय भएको छ ।
खासमा रुकुम हुनुपर्ने कस्तो थियो र कस्तो बनाईयो ?
रुकुम सगै नवलपसारी पनी टुक्रीएको छ, तर त्यहाँ स्पष्ट सुस्ता र बर्दाघाट क्लियर ठाउँ किटान गरेर बिभाजन गरिएको छ । तर रुकुमका कुनै स्पष्ट छैन, निकै अन्योल छ । पुर्बि र पश्चिमी रुकुमको भनेको कहाँ देखि कहाँ सम्म हो । यदि रुकुमलाई टुक्राउने नै हो, टुक्रा नपारेर समस्याको सामाधान हुदैन भने चार टुक्रा नै बनाउदा केहि फरक पर्दैन तर सिमा त तोक्नु पक्नु प¥यो नी । पुर्बि रुकुम र पश्चिमी रुकुमको सिमा कहाँ हो, त्यो मेरो प्रश्न छ हाम्रा अगुवा देशका नेताहरुलाई, यो देशको प्रधानमन्त्रीलाई, हाम्रो कांगेस पार्टीका सभापतिलाई । बिषेश गरी सुसिल कोईराला प्रधानमन्त्री भएको सरकारको पालामा जसरी रुकुम जिल्लालाई टुक्रा पारियो त्यो नै सबैभन्दा अन्यायपुर्ण काम हो ।
पुर्बि रुकुम र पश्चिम रुकुम कहाँदेखि कहाँ सम्म भन्ने कुरा त पहिलो संबिधान सभाको बेला लोकेन्द्र बिष्ट संयोजक रहेको एक समितिले प्रतिबेदन तयार पारेको थियो नी । त्यसलाई बुझ्दा हुदैनर ?
त्यो पनि गलत हुन्छ, गाविस मात्र छट्याएर हुदैन । रुकुमको जनतालाई टुक्रा पारेर कहाँ लिने भन्ने कुरा त स्पष्ट हुनु प¥या नी । त्यो रिपोट पनि अघिल्लो संबिधानसभाको बेला तयार पारेको मलाई जानकारी थियो । त्यहाँ पनि ति गाविसलाई कहाँ राख्ने भन्ने एकिन कुनै जानकारी छैन । ति दशब्राह वटा गाविसलाई रोल्पामा राख्नेकी, बाग्लुङमा राख्ने की, कुनै एकिन तत्थ्य छैन । पुर्बी रुकुममा पनि बाँदर होईन जनता बसेका छन नी ? तिनीहरुलाई आफ्नो ठाउँको बारेमा संबिधानमा के भयो, त्यो त जानकारी हुनुप¥यो नी । त्यो रिपार्ट पनि त्रुटिपुर्ण छ । त्यो पहिलो सबिधान सभाको कुरा थियो, त्यसको फेरी महत्व गैसक्यो ।
सिमांकनको समाधान त आयोग मार्फत समाधान गर्ने भनेर भनीसकेको अवस्था छ नी ?
अहिलेको समितिले रिपोर्ट गर्दैमा पनि संशोेधन हुने वाला छैन । संबिधान बनेको ६ महिना भित्र गठन गरि काम थालिने छ भनीएको थियो तर तिनचार महिना गैसक्यो अझै केहि थाह छैन । अझै पनि बन्ने चाँजोपाजो देखिदैन । त्यो समितिले गर्ने काम पनि के हो भनेपछि सुझाब दिने मात्र हो । सुझाब संसोधन गर्नको लागि फेरी पनि सदन, सरकारमा नै जाने हो । ति पुरानै रुकुम टुक्रा पार्ने नेताहरुले नै छलफल गरेर दुईतिहाई बहुमतले नै पास गरे मात्र बर्तमान संबिधानको अनसुचि ४ ससोधन हुने हो । त्यसकारण यो समिति त एउटा जनता थन्क्याउने बहाना मात्र हो, समितिले भन्दैमा सिमांकान संसोधन हुदैन ।
संघियतामा अखण्ड शब्द हुदैन भनेर पनि सबै दलका नेताहरुले नै भनेका छन । अब कसैले भषण गर्दैमा रुकुम एक हुने होलार ?
रुकुम खअण्ड नै बनाउनुपर्छ भन्ने पक्षमा म छैन । रुकुमलाई चार भागमा नै बिभाजित पारौ केहि छैन । तर क्लियर त हुनुप¥यो नी हामी कुन ठाउँका हौ भनेर । अन्योल हुने अवस्था सृजना गर्नु भएन । प्रस्ट हुनुप¥यो अनी जनताले जान्नुप¥यो, हामी कुन ठाउँका नागरिक हौ, हामी कुन जिल्लाका हौ, हाम्रो ईलाका कहाँ हो, हाम्रो जिल्लाको सिमाना कहाँ हो भनेर जान्ने हरेक नागरिकको हक छ । माथी नेताहरुले पुर्ब पश्चिम लेखर हेला नै गरिएको छ । चाहे शुसिल कोईराला हुन, चाहे, प्रचण्ड हुन, चाहे शेरबहादुर देउवा हुन, चाहे रामचन्द्र पौडेल नै किन नहुन यस्तो किसमको अन्याय गर्ने नेता राजनेता हुनसक्छन त ? यस्ता नेताहरुलाई म राजनेता भन्न चाहान्न किनकी त्यो भन्दा शब्दको खर्च र अपमान मात्र हुन्छ । यस्तो किसिमकै नेताहरुका कारण देश अहिले अन्योलमा छ, बेहाल छ ।
जे हुन भयो, अब समस्याको समाधान गर्न के गर्नु प¥यो त ?
बस्नुप¥यो नी । सर्बदलिय बैठक बसेर निर्णय गर्नु प¥यो नी । सबै दलका शिर्ष नेताहरु बसेर समस्याको समाधान गरि पुर्बि रुकुम र पश्चिम रुकुमको सिमाना कहाँ हो भनेर क्लियर गर्नुप¥यो । उहाँहरु नेता हो भने त रुकुमलाई अन्योलमा राख्नु भएन नी । उहाँहरुमा रुकुमको समस्या समाधान गर्ने क्षमता छ भने छिटै छलफल अगाढि बढाउनु प¥यो अन्यथा होईन भने यो जिल्लामा आन्दोलन अपरिहार्य छ । हामी समय पर्खेर आन्दोलन शुरुवात गछौं ।
आन्दोलन त रुकुम लामै भयो नी, तर सफल त भएन त ?
त्यसमा नेताहरुको कमजारी हो, मेरो पनि कमजोरी छ । हामी भन्दा अगाडि रहेका नेपाली काग्रेस रुकुम पार्टी सभापति मानबहादुर नेपाली, पुर्ब राज्य मन्त्री गोपाल जि जङ शाह, बर्तमान माननीय सांसद मिठ्ठु मल्ल, युवा नेताहरु कृष्ण रोकाय र प्रेम ओलीलाई सम्पर्क गरेर मैले रुकुममा चलिरहेको आन्दोलनलाई हामीले सहयोग गर्नुपर्छ । हामी रुकुममा जाऊ भनेर मैले धेरै भने तर अहँ उहाँपनि बिभाजित हुनुभयो । उहाँहरुमा पनि आफ्नो आफ्नो स्वार्थ भयो । कोहि चौरजहारीका उतै रहन्छौं भने पुर्बका कोहिले हामी त यतै तिर जान्छौ भने । अनी यो आन्दोलन सदरमुकाम टिकाउने आन्दोलन हो भनेर अपव्याख्या गरियो । रुकुमको आन्दोलन रुकुम सदरमुकाममा बचाउने भन्दापनि पुर्बि र पश्चिमी रुकुमको सिमाना कहाँ हो, त्यो चाँहि क्लियर गर्नको लागि हो, अन्योलता हटाउनको लागि हो र हुनुपर्छ पनि ।
नेपाली कांगेस रुकुमको चुनाबी राजनीतिलाई कसरी लिनुभएको छ ?
रुकुम टुक्रिएको मामीलामा म धेरै दुखि छु । त्यहि नेपाली कांगेस सरकारको नेतृत्व गरेको पालामा रुकुमलाई टुक्रा पारियो । त्यसका कारण मलाई धेरै दुख लागेको छ । त्यसकारण मैले त यसपटक चुनाबमा भाग दिने ईच्छा पनि लागेन त्यहि कारण भाग पनि लिएन । अरुको सन्दर्भमा युवाशक्तिहरु अगाडि आउछु भनेर कोशिस गरिरहेका छन, मेरो शुभकामना छ । युवाहरु अगाडि आऊन र नयाँ नेतृत्व चयन गरुन । तर हिजो साथ नदिएका नेतृत्वहरुलाई चयन गर्नुहुदैन । चाहे कृष्ण रोकाय हुन, चाहे प्रेम ओली हुन चाहे जो सुकै हुन । बुद्धि युवकको आउछ भने नयाँ युवाहरुले नेतृत्व हातमा लिनुपर्छ । बिगतमा र भबिश्यमा जनता र कार्यकर्तालाई टेवा दिएको र दिने मान्छे अनी जिल्लाको सवालमा लड्न सक्ने मान्छेलाई जिताउनु पर्छ ।
0 comments:
Post a Comment