आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, January 8, 2016

कार्यक्रम त भयो, सत्य निरुपन र मेलमिलाप कहिले ?

गणेश बिक
रुकुम

सत्य निरुपण तथा मेलमिलाप आयोग एकादेशको कथा जस्तो भैरहेको बेला शुक्रवार भने रुकुम सदरमुकाम मुसिकोट खलंगामा यस सम्बन्धी एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । आयोगको कामवारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमलाई स्थानीय शान्ति समितिले समन्वय गरेको हो । 

कार्यक्रममा सहभागी द्धन्द्धपीडित तथा सरोकारवाला निकायहरुले पीडितले न्याय र पीडकले सजाय पाउनुपर्ने धारणा राखेका छन । त्यस्तै द्धन्द्धकालदेखि हालसम्म पनि आफ्ना आफन्तहरु बेपत्ता भएका आफन्तजनहरुले कि लास कि सासको माग समेत गरेका छन । २०५१ सालमा आफ्ना बुवाको माओवादीले हत्या गरेको भन्दै खोलागाउँका मनोमहोन शाहले कार्यक्रममा भने, ‘नत बुवाको त्यारालाई कारवाही भएको छ, नत हामीहरुले राहत पाएका छौं ।’ त्यस्तै मुरुकी अमृता वाँठा मगरले पनि आफ्नो आमाले अहिले सम्म राहत नपाएको र आर्थिक अवस्था ज्यादै कमजोर भएकाले आमाको हेरचाह गर्न माईतमा नै बस्नु परेको बताईन । 
द्धन्द्धपीडितहरुको जिज्ञासा मेटाउँदै आयोगका आयुक्त श्रीकृष्ण सुवेदीले पहिला जे जस्तो भएपनि अब आयोग सत्यको पछि लागी दोषिलाई कारवाही गर्ने प्रतिवद्धता ब्यक्त गरे । २०५६ सालमा जिल्लाको खारा गाउँमा प्रहरीले नै आगो लगाइदियो । ‘त्यतिखेर निर्दाेष १५ जना गाउँले मारिए, ७४ घर जले खारा ५, कि ६२ वर्षिया पावर्ती खड्काले भनिन, ‘मेरै आँखा अगाडि नै आफन्त देउरुपी खड्काको हत्या भयो, केहि पछि मेरो घरमानै आगजनी भयो ।’ त्यस्तै २०५२ साल फागुन १५ गते पिपल गाविसस्थित मेलगैरी ६ जना गोठालालाई मारिएको थियो । रुकुममा मृतक, वेपत्ता, लुटपिट, आगलागी जस्ता करिब छ सय निवेदन शान्ति समितिमा दर्ता भएका छन् ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |