दिपक बोहरा
दाङको प्रमुख धार्मिक र पर्यटकिय स्थल बाह्रकुने दहमा माघे सक्रान्ति आउनु भन्दा एक महिना अगाडि देखी नै भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । प्रत्यक माघे सक्रान्तिका दिन बाह्रकुने दहमा ठुलो मेला लाग्ने भएपनि एक महिना अगाडि देखी नै मन्दिरको दर्शन गर्ने भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।
अहिले दर्शन गर्न दैनिक ४ सय सम्म भक्तजन त्यहाँ पुग्ने गरेको बाह्रकुने धार्मिक समितिका सचिव रविलाल घर्ती मगरले जानकारी दिए । बाह्रकुने दहमा दर्शन गर्न प्राय दम्पतिहरु जाने गरेका छन । सन्तान प्राप्तीको ईच्छा पुरा हुने जनबिश्वास रहेकोले छारी नभएकाले छोरी र छोरा नभएकाले छोरा पाउ भनी बर माग्न बाह्रकुने जाने गरेको भक्तजनाहरुले बताएका छन । कतिपय निसन्तान दम्पत्ति पनि सन्तानको लागि वर माग्न जाने गरेको वताउँछन् ।
त्यस्तै बाह्रकुने दहमा पुगेर वर माग्दा निसन्तानको सन्तान हुने,वराहा लागेर विरामी भएकाहरु सञ्चो हुने धार्मिक विश्वास रहि आएको छ । धार्मिक र पर्यटकिय दृष्टिले जिल्लाको प्रमुख र चर्चित रहेको बाह्रकुने दहमा लाग्ने मेलाको अवसरमा स्थानिय उत्पादनहरुले पनि राम्रो वजार पाउने गरेको छ ।
उखु, सखर खण्ड, तरुल, वदाम, सुन्तला, केरा जस्ता फलफूलको समेत मेलामा राम्रो खपत हुने गरेको छ । मेला हेर्न दाङ सहित सल्यान, रोल्पा, प्यूठान, रुकुम, वाँके र छिमेकी देश भारतबाट पनि उल्लेखनिय मात्रामा आउने गर्छन । मेलामा भेडा र भालेको बलि दिने चलन पनि छ ।
0 comments:
Post a Comment