आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, January 9, 2016

एमाओबादीले गरेको कारबाहीलाई हामीले पुरस्कार ठानेका छौं


अहिले नेपालको राजनैतिक क्षेत्र देखि सर्बसाधरणको चिया चौतारोसम्म बहसको बिषय भनेको एउटा भारतीय अघोषित नाकाबन्दी र अर्को बाबुराम भट्टराईले शुरुवात गरेको नयाँ शक्ति अभियान नै हो । भारतको नाकाबन्दी अघोषित रुपमै खुलेर क्रमस जनजीवन सामान्य भएर केहि साता देखि कम बहस भैरहेको भएपनि नयाँ शक्ति अभियानको भने अझै सबैसामु बहसको बिषय बनिरहेको छ । अबको केहि समयपछि नयाँ पार्टी गठनको औपचारिक घोषणा हुने चर्चा सगै नयाँ शक्तिको राजनैतिक धार कस्तो हुने होला अहिले सम्म पनि धेरै अन्योलमा नै छ । यसै सन्दर्भमा रुकुममा शुरुवात गरिएको नयाँ शक्तिको गतिबिधी र अन्य यस संग सम्बन्धीत सरोकारमा केन्द्रीत रहेर रुकुमका एक अभियन्ता अमर ओलीसंग आहा सञ्चार समप्ताहिकका लागि सम्पादक मेगराज खड्काले गरेको कुराकानी ।
छोटो र सरल रुपमा जनताले बुझ्ने भाषामा नयाँ शक्ति भनेको के हो ?
नेपाली जनताका दर्जनौ सपनाहरु भताभुगं भएका छन् । चँुडिएर ,च्यातिएर दुर्घटनाग्रस्त गाडी जस्तै छताछुल्ल भएका छन् । अव पनि हामी नेपालीहरु यो परिस्थितिको दासी बन्छौ की नयाँ विकल्प खोज्छौ, यो नै यतिवेलाको यक्ष प्रश्न हो । यो नयाँ विचार , राजनिती ,सुसस्कार ,सँस्कृति सहितको वैकल्पिक   राजनितिक शक्ति निर्माणको अभियान पनि हो । नयाँ विचार ,नयाँप्रणाली ,नयाँनिति ,नयाँ विधि, नयाँ कार्यक्रम र नयाँ संरचना निर्माण गरी देशको आर्थिक विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी निर्माणको आधारशिला खडा गर्नु नै नयाँ शक्ति हो ।
पुरानै मानिसहरुले नयाँ शक्ति कसरी चलाउलान भन्ने टिप्पनी छ नि, कसरी प्रष्ट पार्नुहुन्छ ?
हामीले व्यक्तिको नयाँ र पुरानो अनुहारको कुरा    गरेका होईनौ । यहाँ मुख्य कुरा व्यक्तिले ग्रहण गर्ने नयाँ सोच र दृष्टिकोण अनि त्यस अनुसारको व्यबहार हो । पुरानो मान्छेको विचार र व्यवहारमा       रुपान्तरण आउँदैन ऊ सधै पुरानै भैराख्छ भनेर सोच्नु अवैज्ञानिक र यथास्थितिवादी सोचको अभिव्यक्ति हो । त्यसैले नयाँ शक्तिमा पुराना र नयाँ पुस्ता दुबै उमेर समुहका व्यक्तिहरु रहन सक्छन ,मात्र आफुलाई रुपान्तरण गर्ने कुरा हो । 
तपाई पनि लेनिनवाद÷माओवाद÷विचार धाराको लामो राजनिति गर्नुभयो । अव चाही फरक समाजवादी धारको राजनिति गर्दै हुनुहुन्छ । यो क्रान्तिको भूमिमा त्यो विचारले साथ पाउला ?
कुनै पनि वाद, सिद्धान्त, दर्शन वा विचार फगत बुद्धिविलासको साधन होईन र हुँनसक्दैन । समकालीन दुनियाँको जीवन र जगतको सटिक विश्लेषण सहित मानवजातिको परिवर्तनलाई जीवन्त रुपमा लागु गर्नु त्यसको उपादेयता हुन्छ । लेनिनवादी र माओवादी विचारधाराको मुख्य लक्ष्य भनेको समाजवाद स्थापना गर्नु नै हो । साम्यवाद त        परिकल्पना हो । अहिले हाम्रो जिवन व्यवहारमा लागु गर्ने चिज समाजवाद हो । लेनिनवाद माओवाद र साम्यवाद भन्ने तर व्यवहारमा पूजिँवाद लागु गर्ने कुरा विचार र व्यवहारको दृष्टिकोण हो । यसमा मेरो गम्भिर विमति छ । हामी जे सोच्छौ र भन्छौ त्यो व्यवहारमा लागु गरौ । हाम्रो भनाई अनुसार व्यवहार नभएकोले जनताले माक्र्सवाद ,लेनिनवाद, माओवाद बुझनै सकेन । म दावाका साथ भन्छु कि मालेमाको सार तत्व के हो, हामी आफैले बुझेनौ, कोहीले बुझ्यौ होला तर लागु    गरेनौ । हो ,अव समाजवाद स्थापना गर्ने लक्ष्यका साथ औद्योगिक पूजिँवादको विकास गर्दै जनताको जिवन व्यवहार बदल्ने आर्थिक क्रान्ति गर्ने पर्छ ,यसको विकल्प कसैले लिनै सक्तैन । हिजो राजनितिक क्रान्ति गरेको भूमिमा अव आर्थिक क्रान्ति गछौ भन्नु सहि र वैज्ञानिक विचार हो । यो कुरामा जनताको साथ रहन्छ कि रहन्न,तपाईले केहि समय पर्खेर हेर्नै पर्ला ।
एमाओवादी रुकुमको जिल्ला समितिबाट २ जना र जिल्ला परिषदबाट २ जना मात्र नेताहरु अभियानमा जोडिनु भयो । बावुरामको नयाँ शक्तिले एमाओवादीमा भुकुम्प ल्याएको विश्लेषण  तपाईहरुले गरिरहनु भएको छ । तर रुकुममा त खासै प्रभाव देखिएन नि ?
पहिलो कुरा बावुरामको नयाँ शक्ति होईन, श्रद्धये आदरणीय नेता तथा पूर्वप्रधानमन्त्री डा.बावुराम भट्राई यसको विज शोचक,पहलकर्ता र ,नेतृत्वकर्ता हो । र जहाँसम्म एमाओवादीवाट कति जना व्यक्ति नयाँ शक्तिमा सहभागी भए भन्ने कुराले नयाँ शक्तिको प्रभावको मुल्याकंन हुने होईन । यो शुरुवातको अभियान हो । सबैसँग व्यापक रुपमा छलफल र बहस चलिरहेको छ । सत्य के हो ?सहि व्यक्ति को हो ? भन्ने कुराको निष्कर्ष लिन त हरेकलाई समय लाग्छ नै । हामीले अहिल्यै मानिसको संख्याको टाउका गणना गर्ने जोड घटाउको हिसाव गर्नु हुँदैन । हामी समिकरणको हिसाव गर्दै छौ । यसको उत्तर सहि ढंगले अवश्य आउँछ । समिकरणको हिसावले एमाओवादीमा मात्र होईन सबै राजनितिक पार्टीहरुमा एक प्रकारको भुकम्प आएकै छ । रुकुम त्यसबाट अछुतो हुने कुरै भएन ।
एमाओवादीले तपाईहरुलाई पार्टीको हित     विपरित कार्य गरेको भन्दै कारबाही गर्यो । तपाईहरुले यसलाई कसरी लिनु भएको छ ?
म लगाएत रुकुमका नयाँ शक्ति निर्माणका अभियन्ताहरुलाई पार्टी हित विपरित कार्य गरेवाफत कावार्हीको सजायँ दिनुलाई हामीले पुरस्कार ठानेका छौ । यो निर्णय प्रति हामी असाध्यै खुशि छौ । हामी आम जनता समक्ष यो तथ्य पनि राख्न चाहन्छौकी हिजो पार्टी हित विपरित काम हामीले ग¥यौ कि एमाओवादी पार्टीले ग¥यो हाम्रा विरुद्ध ? हामीले पार्टीबाट पाएको भेदभाव, उपेक्षा र उत्पीडन, हाम्रो हित विपरित नहुँने अनि त्यसको विकल्प बाटो        रोज्दा हामीले पार्टीहित विपरित काम गरेको ठर्हर्ने ?यसको यथोचित मूल्यांकन र जवाफ अव आम जनताले दिनुपर्छ भन्ने हामी ठान्छौ ।
नयाँ शक्तिको मुल नारा मध्ये एउटा समावेशी पनि छ । रुकुमको नयाँ शक्ति निर्माण अभियानमा महिला अभियन्ता त देखिएनन् नि ?
हामी थोरैबाट अभियान थाल्दै छौ । सबै पक्षसँग सहयात्रा भएको छैन । सहभागी हुँदै जाऊ समावेशी पनि हुँदै जान्छ । यो कुनै बनि बनाउ समूह र     संरचनाको अभियान होईन । हामी सबै सँग भेटघाट छलफल गर्दै छौ । 
अन्तमा अहिले नयाँ शक्ति निर्माण अभियानको   राजनितिक गतिविधी कसरी अगाडी बढिरहेको छ र अव कसरी अगाडी बढ्छ ?
नयाँ शक्ति ऐतिहासीक आवश्यकताले निर्माण हुँने राजनितिक शक्ति हो । नेपाली जनताका ऐतिहासिक आवश्यकताले नयाँ राजनीतिक चेतनाको मूल्याकंन माग गरेकाले यसको अभियान थालनी भएको हो । पहिलो चरण हामी नयाँ शक्ति के हो ? र यो कस्तो हुँनुपर्छ भन्ने विषयमा व्यापक रुपमा छलफल बहस गर्दै अगाडी बढेका छौ । यसको मोटामोटी २÷३ महिना अवधि रहन्छ । त्यस पछि हामी चुस्त         संरचना निर्माणका आधार खडा गर्नेतिर अधि बढ्छौ त्यसैले यतिबेला नयाँ शक्ति निर्माण अभियान सर्वत्र चर्चाको विषय बनेको छ । यो अभियानको सफलतासँगै जनताले सुख,शान्ति र समृद्धि पाउने छन । त्यसैले सबैलाई यो अभियानमा आवद्ध हुँन अपिल गर्दछु । धन्यवाद !  

1 comments:

Unknown said...

amar dai congrtas go ahead

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |