आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, January 27, 2016

आङ्ग खस्ने समस्या सम्वन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न


गोपाल रेग्मी
चौरजहारी
रुकुमको चौरजहारीमा आङ्ग खस्ने समस्या सम्वन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन भएको छ । आङ्ग खस्ने समस्या हुनुका प्रत्यक्ष र अप्रत्यक्ष कारण लक्षण र रोकथामका उपाय वारे जानकारी दिने उद्देश्यले गोष्ठी संचालन गरिएको थियो । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको आयोजना र स्याहार तथा निको नेपाल धुलिखेल काभ्रे Vrienden Van Amppipal The Netharlands को सहयोगमा गोष्ठी संचालन गरीएको थियो ।  
प्रत्यक्ष कारण अन्तरगत सानो उमेरमा विवाह गर्दा, धेरै सन्तान जन्माउदा, गह्रौ भारी बोक्दा, असुरक्षित गर्भपतन गराउदा, प्रजनन अंगहरुमा संक्रमण हुँदा,  लामो समय सम्म सुत्केरी व्यथा लाग्दा आगं खस्ने समस्या हुनेगरेको तालिमका प्रशिक्षक एवम फिजियो थेरापिष्ट दिनेश चटौटले बताए । यसका अप्रत्यक्ष कारण अन्तरगत घरेलु हिंसा छोरी माथी गरिने बिभेद, शिक्षाको पहँुच नहुनु, सामाजिक कुरीति र अन्धविश्वासको कारणले पनि आंङ खस्ने समस्या हुनेगरेको वारे अर्का प्रशिक्षक सुस्मिता लुईटेलले जानकारी दिएकी थिईन । आङ खस्ने समस्या वाट बच्नको लागी अस्पतालमा प्रसुति हुने, कसरत गर्ने,  रिङ प्रेसरी राख्ने र जटिल समस्या भए शल्यक्रिया गर्नुपर्ने अवस्था आउने वारे सहभागीहरुलाई जानकारी गराईएको थियो । द चौरजहारी होटेलको सभा हलमा सञ्चालन गरिएको कार्यक्रममा अस्पतालमा कार्यरत अनमी, अहेभ, हेल्थ असिसटेन्ट लगाएत ४५ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।

 त्यसैगरी अर्काे दिन सञ्चालन गरएको गोष्ठीमा स्थानिय आमा समुह महिला स्वयंमसेवक र पारामेडिकल समुह गरी थप ४५ जना लाई तालिम दिईएको थियो । २ दिन सम्म संचालन गरीएको तालिमा कुल ९० जनाको सहभागीता रहेको थियो । नेपालमा गरिएका विभिन्न रिसर्चले सवै भन्दा वढी महिलाहरु आङ खस्ने समस्या वाट ग्रसित भएको तथ्याकं सार्वजनिक गरेको छ भने विश्वमा स्तन क्यान्सर सम्वन्धि समस्या भएका महिलाहरुको संख्या बढिरहेको बढिरहेको  तथ्यांकमा उल्लेख छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |