आहा सञ्चार साप्ताहिकका लागि राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमका अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा रुकुमका अध्यक्ष गिरीप्रसाद बुढासँग राम वि शाम (साधक) ले गरेको आहा टक ।
आजभोली के मा व्यस्त हुनुहुन्छ ?
उत्तरः साहित्य लेखन र पार्टी संगठनका कामहरुमा व्यस्त रहन्छु ।
नयाँ संविधान कार्यन्वयनको निम्ती तपाईको पार्टीले कस्तो भूमिका खेलिरहेको छ ?
उत्तरः महत्वपूर्ण भूमिका निर्वाह गर्दैछ । खास गरी संविधानमा भएका महत्वपूर्ण पक्ष गणतन्त्र, धर्म निरपेक्षता र मौलिक हकहरुको कार्यन्वयन गर्ने, साथै नयाँ संविधानमा भएका केही नकरात्मक पक्षहरु संघियता, लचिलो नागरिकता प्रक्रिया जस्ता विषयहरु प्रति जनतालाई सजक र सचेत बनाउँदै अहिले बनेको नयाँ संविधान पूरा कार्यन्वयनका लागि हाम्रो पार्टीले अहम भूमिका निर्वाह गरिरहेको छ ।
साहित्य भनेर हामीले के बुझ्ने त ?
उत्तरः जीवन र जगतलाई प्रतिबिम्बित गर्ने मानवीय भावना हो । यसले समाजलाई रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
रुकुम जिल्लामा साहित्यले कस्तो गति लिँदैछ ?
उत्तरः तिब्र गति लिँदैछ ।
जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
उत्तरः जीवन एउटा अबिरल बगिरहने नदी जस्तै हो । अर्को अर्थमा जीवन एउटा संघर्षको रुप हो ।
दाम्पत्य जीवनमा सेक्सले कत्तिको महत्व राख्छ ?
उत्तरः सेक्स जीवन र जगतमा रहेको प्राकृतिक नियम हो । यो निमलाई सही ढंगले बुझ्न सकियो भने दाम्यत्य जीवन सुखमय हुन्छ र बुझ्न सकिएन सकिएन भने दाम्यत्य जीवन दुःखदायी हुन्छ ।
प्राय प्रेम सम्बन्ध वैवाहिक जीवनमा नपुग्दै किन विचमै टुङ्गिन्छन् होला ?
उत्तरः यौवन सम्बन्ध र प्रेम विचको अन्तर सम्बन्धलाई वा अन्तरसम्बन्धलाई सही ढंगबाट बुझ्न नसकेकोले ।
तपाईको विचारमा भगवान छन् की छैनन् ?
उत्तरः भगवान छैनन् । यो मानिसको विचारबाट जन्मिएको चिज हो ।
एक करोड रुपैँया ईनाम स्वरुप मिल्यो भने के गर्नुहुन्छ ?
उत्तरः हाहाहाहा पहिलो कुरा त म अचम्मित हुनेछु र यसको बारेमा के गर्ने भनेर आफ्ना साथीभाईसँग सल्लाह माग्नेछु ।
साहित्य र राजनिति मध्ये एकलाई रोज्नुपर्दा ?
उत्तरः साहित्यलाई रोज्छु किनभने राजनिति पनि एउटा साहित्यको रुप हो ।
रुकुम जिल्ला भित्रका तपाईले सम्झनै पर्ने पाँच जना व्यक्तिहरु ?
उत्तरः श्रीमती आशा बुढा, राम प्रकाश पुरी, भरतकुमार शर्मा, मनलाल ओली र सिर्जना शर्मा
स्कूल पढ्ने बेला कति आए, कति दिनुभयो प्रेम पत्रहरु ?
उत्तरः म प्रत्यक्ष दिदीको निगरानी स्कूल आउने जाने अवस्था भएकोले प्रेमपत्रहरु दिने लिने अवसर प्राप्त गर्न सकिएन ।
आमा, बुवा र श्रीमती मध्ये एक रोज्नुपर्दा ?
उत्तरः आमा
तपाई मरेर भूत हुनुभयो भने सर्वप्रथम कसलाई तर्साउनु हुन्छ ?
उत्तरः भूत प्रेत प्रति मेरो विश्वास छैन ।
0 comments:
Post a Comment