आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, January 7, 2016

नयाँले मागौं पुरानो कामको माफी

नयाँ बर्ष २०७२ को शुरुवात देखि देशले संकट मात्र होईन केहि ऐतिहासिक राजनैतिक तथा संबैधानिक परिवर्तन पनि पायो । बैशाख १२ मा आएको भूकम्पले नउठ्ने गरि थला परेका नेपाली लामो त्याग तथा बलिदान पछि संबिधान सभाबाटै नयाँ संबिधान जारी भएपछि केहि मुहारमा खुसि त छायो तर त्यो खुशि सकिन नपाउदै देशले अर्को संकट बेहोर्नु प¥यो भारतीय नाकाबन्दी । 
देशमा भूकम्प, भारतीय नाकाबन्दी र तराईमा संबिधानको बिरोध स्वरुप भैरहेको आन्दोलनले जनता राजनीतिबाट आजित भैरहेका बेला एमाओबादी परित्याग बरिष्ठ नेता डा.बाबुराम भट्टराईले देशमा नयाँ राजनैतिक अभियानको शुरुवात भएको घोषणा गरेर नयाँ तरंग पैदा गरे । देशको पुर्ब प्रधानमन्त्री जस्तो पदमा पुगिसकेका र देशकै एक बौद्धिक ब्यक्तित्वले नयाँ बिचार सहितको नयाँ शक्ति नामक एक राजनैतिक अभियान शुरु गरेपछि नेपालको राजनैतिक बृतमा ठुलै बहसको बिषय बन्यो । ठुला भनिने मिडियाका पहिलो पेज देखि सर्बसाधरणको चिया चौतारो सम्म पनि यहि बहसको आवा चल्यो । कतिले देश संकटमा परेका बेला जे जस्तो भएपनि अहिले राजनैतिक बहस असोभनीय भनेर भनिरहेका छन भने कतिले देशको यहि संकट समाधानका लागी नै यो नयाँ शक्ति औषधी हुने तर्क गर्न समेत भ्याएका छन ।
 बिषेशगरी एमाओबादी तथा त्यसका कार्यकर्ताहरुले लामो समय सम्म माओबाद बिचारधारा अंगालेका भट्टराईले समाजबादी धारको राजनैतिक पार्टी जन्माउनु केटाकेटीपन भएको बताउदै आएका छन भने नयाँ शक्ति तथा त्यसका अभियन्ताहरुले नेपाली समाजमा प्रयोगमा आउन नसक्ने माओबाद अंगालेर कुनै अर्थ नहुने भन्दै अब कुनै ब्यक्ति तथा बादको पछाडि लाग्नु भन्दा पनि नेपालको माटो सुहाउदो र आर्थिक समृद्धि तर्फको राजनीति गर्ने बताईएका छन । तर्क र बितर्क एक ठाउँमा होलान तर कुनै पनि नेपाली नागरिकले आफुलाई मन परेको राजनैतिक आस्था राख्न र मन नपरेमा अर्को राजनैतिक आस्था फेर्ने अधिकार सुरक्षित छ । त्यसैगरी डा भट्टाराई तथा उनका अभियन्ताहरुलाई पनि यो अधिकार छ तर बिशेष गरि सहिद परिवार र अन्य सम्पुर्ण नेपाली जनतासंग माफी मागेर मात्र । अहिले नयाँ शक्तिमा आबद्ध धैरै जना यसअघि तत्कालिन नेकपा माओबादीले संचालन गरेको जनयुद्धमा बन्दुक चलाएकाहरु छन । 
धेरै पटक राज्य सत्ता बन्दुकको नालबाट मात्र प्राप्त हुन्छ भनेर खोकेकाहरु छन, शोषण, दमन र उत्पीडनमा परेका दलित तथा गरिबहरुलाई उचालेर जनयुद्धमा लिन उत्प्रेरणा दिएका पनि छन । उनीहरुकै नेतृच्वमा भैरहेको आन्दोलनका कारण  देशले संकट भोग्यो, धेरै सहिद, बेपत्ता र घाईते भए तर त्यहि मुखबाट आज फेरी माओबाद गलत हो भनेर सहिद तथा बेपत्ता परिवारहरुलाई सुनाईरहेका छन त्यो नै एउटा नैतिकताले पतन भैसकेका्े राजनीति हो । पहिले माओबाद अंगालेकाहरुले जहिलै त्यहि बाद अंगाल्नु पर्छ भन्ने छैन, तर नयाँ धारमा अधि बढ्दा बिगतमा गएको कमजोरी स्वीकार गरि जनतासंग माफी माग्नुपर्छ । बिगतमा अंगालेको आस्था गलत र देशलाई निकास दिन नसक्ने निस्कर्षमा नै पुगेर कुनै पनि मान्छेले आस्था परिवर्तन गर्छ । त्यसकारण नयाँ शक्तिको बर्तमान होईन भबिश्य सुन्दर हुनसक्छ तर बिगतमा भएको कमजोरीबारे एकपटक माफी मागी नयाँ शक्तिले अघि सारेका पाँच ‘स’ का नारा कार्यन्वयनमा गरेमा एउटा सार्थक नयाँ राजनैतिक अभियान हुनसक्छ । तर पद र कुर्सिका लागि मात्र पार्टी फुटाउने र पछि केहि नगर्ने नेपालको पार्टी फुटको रोग नयाँ शक्तिलाई भने नलागोस, आहा शुभकामना ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |