आहा सञ्चार
चौरजहारी
रुकुम खोलागाउँ ५ सर्केनाकी १७ बर्षिय बालिका सुस्मिता शाहको हत्यारालाई प्रहरीले अनुसन्धान गरि पक्राउ गर्न नसकेको भन्दै जिल्ला स्थित महिला अधिकारकर्मीहले प्रहरीको ध्यानाकर्षण गरेका छन । हत्या भएको लामो समय बितिसक्दा पनि शाहको हत्यामा संलग्न दोषिलाई प्रहरी पक्राउ गर्न असफल भएको भन्दै मानव अधिकार महिला संजाल रुकुमको एक टोलीले ईलाका प्रहरी कार्यालय चौरजहारीमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।
दाउरा गएकी बालिका शाह माघ ४ गते मृत अवस्थामा जंगलमा फेला गरेकी थिईन । जाजरकोट जिल्ला अस्पतालमा गरिएको पोष्टमार्टम रिपोटमा बालिकाको सामुहिक बलात्कार पछि हत्या भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमले घटनामा संलग्न भएको आसंकामा खोलागाउँ गाविसका आधा दर्जन युवाहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको भएपनि सबैलाई छोडिसकेको छ ।
घटनाबारे सत्य तथ्य अनुसन्धान भई दोषीमाथी कारबाही गर्न सहयोग हुने उदेश्यले प्रहरीलाई ध्यानाकर्षण पत्र बुझाईएको महिला मानव अधिकार रक्षकको सञ्जाल रुकुमकी अध्यक्ष कल्याणी खडकाले जानकारी दिईन ।
जिल्ला सदरमुकाम खलंगाबाट गएको एक अधिकारबादी संस्थाहरुको सामुहिक टोलीले पनि घटना रहस्यपुर्ण रहेको भन्दै प्रहरी अनुसन्धानलाई चनाखो बनाउनुपर्ने बताएको छ ।
0 comments:
Post a Comment