आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, January 4, 2016

यदि म प्रधानमन्त्री भए भने सबैलाई खुशी पार्ने गरी देशमा शान्ति, सुरक्षा, सुशासन र अमनचैन कायम गराउथेँ

आहा सञ्चार साप्ताहिक पत्रिकाका लागि कानून व्यावसायी तथा नागरिक समाजका अगुवा डा.नवराज गौतम सँग राम वि शाम (साधक) ले गरको कुराकानी । 
१. कसरी वित्दैछन् दिनहरु ?
उत्तरः सन्तोषजनक तरिकाले कानून र न्याय क्षेत्रमा समाज सेवा गर्दै दिनहरु बित्दैछन् ।
२. तपाईलाई जन्माईएको हो कि तपाई जन्मिनुभएको हो ? उत्तरः म जन्मेको हुँ ।
३. तपाईको जन्म आफ्नो निम्ती कि अरुको निम्ती ? 
उत्तरः समाज सेवा गर्न अरुको निम्ती विशेष गरेर ।
४. तपाईको विचारमा जीन्दगी के हो ? 
उत्तरः जीन्दगी एक संघर्षशिल जीवनशैली हो ।
५. रुकुम जिल्लाको निम्ती तपाईको कर्तव्य के हो ? उत्तरः रुकुम जिल्लामा जन्मेको हुनाले यहाँको शैक्षिक क्षेत्र र न्यायिक क्षेत्रमा सेवा गर्नु मेरो कर्तव्य हो । 
६. राजनितीमा कत्तिको चासो राख्नुहुन्छ ? उत्तरः म राजनिती कर्मी हुँ, राजनीती शास्त्रमा विधावारिधी गरेको नाताले राजनीतीमा विशेष चासो राख्छु ।
७. आजभोली खाना के मा पकाएर खानुहुन्छ ? दाउरामा की ग्याँसमा ?
उत्तरः दाउरामा पकाएर खान्छु, ग्याँस उपलब्ध छैन ।
८. भगवानप्रति कत्तिको विश्वास गर्नुहुन्छ ? उत्तरः म भगवान प्रति विश्वास गर्छु किनभने मलाई साईकुमारी भगवतिसँग वर मागि जन्मेको होस भनि बुवाले भनेकोले ।
९. भूतप्रेतदेखि कत्तिको डराउनुहुन्छ ? उत्तरः भुतप्रेत प्रति म डराउँदैन, देवी देउता प्रति आस्था राख्नेलाई भूतप्रेतले केही गर्न सक्दैन भन्ने विश्वास गर्छु ।
१०. साक्षात भगवान प्रकट भएर २ चिज माग भनेपछि केके माग्नुहुन्छ ?
उत्तरः एक चिज निरोगी हुन पाऊँ भन्ने र अर्को समाज सेवा गरिरहन पाऊँ भन्ने ।
११. तपाईलाई मनपर्ने रुकुम जिल्लाका पाँच जना व्यक्तिहरु ? उत्तरः उ.मा.वि. रुकुमकोटका कृष्ण गौतम, गोपाल जी जङ्ग शाह, शरुण बाँठा, नन्दलाल शर्मा र खिम ओली
४. दाम ठूलो की नाम ठूलो ? उत्तरः नाम ठूलो ।
१५. जीवनमा तपाई सबैभन्दा के गर्दा आनन्द आउँछ ?
उत्तरः समाजका व्यक्तिलाई प्रत्येक कुरामा खुशी पार्न, सबैलाई हसाउन सकिएमा ।
१६. जवानीमा कत्तिको गर्नुभयो माया प्रेम ? उत्तरः पढ्दा सबैले मलाई मन पराए र माया प्रेम गर्न खोज्थे तर मैले हाँसो ठट्टा बाहेक कसैलाई शारिरीक सम्पर्क गरिन ।
१७. अहिलेसम्म सबैभन्दा बढि रुनुभएको छ की खुशी हुनुभएको छ ?
उत्तरः सबैभन्दा बढि खुशी भएकै छु, रुनुपर्ने त्यस्तो अवस्था आएको मलाई महशुस छैन । 
१८. तपाईलाई नेपालको प्रधानमन्त्री बन्ने अवसर दिईयो भने के गर्नु हुन्थ्यो होला ? उत्तरः एक त मलाई प्रधानमन्त्रीको जिम्मा दिदैँनन्, दिएछन भने अरु प्रधानमन्त्री भन्दा सबैलाई खुशी पार्ने गरी देशमा शान्ति, सुरक्षा, सुशासन, अमनचैन कायम गराउन सक्थेँ । 
ल त हजुर आजलाई यति गरौँ, ब्बजब त्बपि स्तम्भका लागि कुराकानी गर्ने समय दिनुभयो यसका लागि हजुरलाई लाख लाख धन्यवाद ।
उत्तर ः मेरो पनि मुरीमुरी धन्यवाद ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |