आहा सञ्चार साप्ताहिक पत्रिकाका लागि राष्ट्रिय लोक गायक राजेन्द्र कंडेलसँग राम वि शाम (साधक) ले गर्नुभएको कुराकानी ।
१. तपाईको जन्म कुन जिल्लामा भएको हो ?
उत्तरः–स्याङ्जा जिल्लामा ।
२. तपाईलाई जन्माईएको हो कि तपाई जन्मिनुभएको हो ?
उत्तरः– मलाई जन्माएको नी हा हा हा हा ............
३. तपाईको कति जना श्रीमती छन् ?
उत्तरः– एकै जना छन् ।
४. आमा, बुवा, श्रीमती र प्रेमीका मध्ये एक जनालाई रोज्नु पर्दा ?
उत्तरः– पहिला त जन्म दिने आमा ।
५.सेक्स के हो ?
उत्तरः– सेक्स महत्वपूर्ण कुरा हो व्यक्तिगत जीवनमा ।
६. कलाकार सेक्सको मामिलामा खप्पीस हन्छन रे नी ?
उत्तरः– कलाकार मात्र होईन सबैलाई सेक्सको आवश्यकता पर्छ हा....हा....हा....हा.......
७. तपाईलाई नेपालको गृहमन्त्री बनाईयो भने के गर्नुहुन्छ ?
उत्तरः– नयाँ नियम बनाउँछु, कालो बजारी हटाउँछु ।
८.१ किलो सुन पाउनु भयो भने के गर्नुहुन्छ ?
उत्तरः– जन्म दिने आमा र श्रीमतीलाई गिफ्ट दिन्छु र बाँकी तपाईलाई दिन्छु ।
९. सेक्स र खाना रोज्नु पर्दा ?
उत्तरः– पहिला त खान नै रोज्छु, खाना विना सेक्स हुँदैन ।
१०. कलाकारिता र श्रीमती एकलाई त्याग्नु पर्दा के गर्नुहुन्छ ?
उत्तरः– कलाकारिता ।
११.साक्षात भगवान प्रकट भएर २ चिज माग भनेपछि के–के माग्नुहुन्छ ?
उत्तरः– ईज्जत र पैसा ।
१२. तपाई मरेर भूत हुनुभयो भने सर्वप्रथम कसलाई तर्साउनुुहुन्छ ?
उत्तरः– हा......हा......हा......हा....... हजुरलाई नी किनकी यस्ता वाईयात प्रश्न गर्नुहन्छ ।
१३. तपाईलाई मन पर्ने खाना ?
उत्तरः– नेपाली दालभात, तरकारी र साग ।
१४. तपाईलाई हामीले के भनेर चिन्ने त ?
उत्तरः– एउटा लोक गायक ।
१५. म सँग कुरा गरिरहने मात्र होकी जाने पनि हो ?
उत्तरः– जाउँला नी विस्तारै ।
१६. म्याडमले गाली गर्नुहोला नी फेरी ?
उत्तरः– म्याडमसँगै जाने हो नी बाहिर त कहाँ एक्लै जानु र .........
ल.... ल...... हजुर म्याडमसँगै जानुहोला, मलाई त ५ मिनेट भित्रै पुग्नु पर्ने भएको छ । अहिलेलाई म जान्छु, भेटे बोलाउनु होला, नभेटे पmोन गर्नुहोला, फोन नभए पत्र लेख्नुहोला, कागज नभए हामीलाई माग्नुहोला भनेर भन्न चाहिँ मिलेन क्यार.... किनकी आहा सञ्चार साप्ताहिक पत्रिका छाप्नु पर्छ नी .........
1 comments:
Thanks Aaha Sanchar
Post a Comment