नरेश के.सी.
भैरहवा । गजल विद्यामा पीएचडी हासिल गर्ने पहिलो नेपाली डा. घनश्याम न्यौपाने “परिश्रमी” ले नेपाली गजल गायन समूहको पलेटीमा धुम मच्चाउने भएका छन् ।
नेपाली भाषा साहित्यका विद्वान डा. परिश्रमीले नवलपरासीको भूमहिमा मंसिर २६ गते गजलको धुम मच्चाउने भएका हुन् । नेपाली गजल गायन समूह , नवलपरासीद्वारा आयोजित पलेटीमा पहिलोपटक गजल विद्वत शिरोमणी डा. घनश्याम परिश्रमीका बहरबद्ध एकल गजल गायन तथा बाचन कार्यक्रम २०७२ तयारी भब्य रुपमा भइरहेको छ ।
नेपाल गजल गायन समुह नवलपरासीका अध्यक्ष शुसील श्रेष्ठले दिएको जानकारी अनुसार सो कार्यक्रममा डा.परिश्रमीको एकल गजल गायत तथा बाचन हुनेछ । उक्त अवसरमा नेपाली गजल गायनका उत्कृृष्ट कलाकारहरु शुसील श्रेष्ठ, दीपक श्रेष्ठ, बेदलाल पन्त, कविता खाती, तुुलसा भट्टराई, अमृता गैरे, प्रदीप सुनार, विजय कुमार गुप्ता, निलम अर्याल, तेजु अर्याल, सुवास अगम लगायतले डा. परिश्रमीका गजलहरु मार्फत धुम मच्चाउने छन् ।
आयोजकहरुले गजल र संगितप्रति रुची राख्ने सबै महानुभावलाई कार्यक्रममा निमन्त्रणा पनि गरेका छन् । नयां र पुराना पुस्ताबीचको सम्बन्ध अझ प्रगाढ बनाउने ध्ययेले नेपालकै इतिहासंमा पहिलो कार्यक्रम राखीएको अध्यक्ष श्रेष्ठले जनाए ।
डा. परिश्रमीले सन् २००१ मा गजल विद्यामा पीएचडी गरेका हुन् । उनी गजलमा पीएचडी गर्ने पहिलो नेपाली पनि हुन् । त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा.परिश्रमी हाल भैरहवा बहुमुखी क्याम्पसका प्रमुखको रुपमा कार्यरत छन् । नेपाली भाषा साहित्यप्रति अत्यन्तै रुची राख्ने, दैनिक एउटा रचना सृजना नगरी बस्न नसक्ने प्रवृति भएका परिश्रमीका दर्जनौ गजलहरु संगीतबद्ध छन् । विक्रम सम्बत २०५० सालमा “यो मौसम” भन्ने गजल संग्रह प्रकाशित गरेका परिश्रमीका हालसम्म ५ वटा गजल संग्रह प्रकाशित भईसकेका छन् । शिव परियारले गाएको चिठि पत्रद्वारा खबर मात्र भो, तिमीलाई भेट्ने रहर मात्रै भो भन्ने बोलको गजल उनको पहिलो सांगेतिक गजल हो । हालसम्म शुसील श्रेष्ठ, वारीस खान, तेजु अर्याल लगायतले उनका गजलहरु गाएका छन् ।
0 comments:
Post a Comment