आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, December 26, 2015

सम्बन्ध बिच्छेद गर्नेहरु बढ्दै


दिपक बोहरा
दाङ


दाङमा बर्षेनी सम्बन्ध सम्बन्ध बिच्छेद गर्नेहरुको संख्यामा बृद्धि भएको छ । बिभिन्न कारण देखाउदै जिल्ला अदालत दाङबाट चालु आर्थिक बर्षको मंसिर सम्ममा सम्बन्ध बिच्छेद गरी पाउ भनी १ सय ८५ वटा मुद्धा दर्ता भएका छन । जस मध्य १ सय ५ जोडीका सम्बन्ध बिच्छेद भईसकेका छन । 


कानुनी रुपमै सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या गत बर्षको मंसिर सम्मको तुलनामा यो संख्या १८ ले बढि हो । गत आर्थिक बर्षको मंसिर सम्ममा १ सय ५५ वटा सम्बन्ध बिच्छेद गरी पाउ भनी उजुरी परेका मध्य ८७ जोडिको सम्बन्ध बिच्छेद भएको जिल्ला अदालतका श्रेष्तेदार बलदेव पाण्डले जानकारी दिए । 


यस्तै गत आर्थिक वर्षको मंसिर महिनासम्ममा दर्ता भएका जम्मा उजुरी मध्ये ६८ वटा उजुरी फैसला हुन बाकी रहेका थिए भने चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा दर्ता भएका जम्मा उजुरीमध्ये ८० वटा उजुरी फैसला हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।


किन हुन्छन त धेरै सम्बन्ध बिच्छेदका घटना


जिल्ला अदालत दाङका अनुसार बैदेशिक रोजगारका कारण श्रीमान श्रीमतिहरु पर पुरुष र परस्त्रीसँंग सम्पर्क बढाउनु, मादकपदार्थ सेवन गरेर कुटपिट गर्नु, मानिसहरुमा स्वतन्त्र हुने चाहना बढ्नुलगायतका कारणले सम्बन्धबिच्छेद गर्नेहरुको संख्यामा बृद्धि हुँदै आएको हो ।


त्यतै सम्बन्ध बिच्छेद हुने अन्य कारणहरुमा जाँडरक्सी पिउने, अपशब्द प्रयोग गर्ने, कुनै केटासँग बोल्दा शंका गर्ने, राती घर ढिलो आउने, दाइजो नल्याएको भनी गालि गर्नु , खान लाउन मतलव नगर्ने, खर्च नदिने, बालबच्चाको वास्ता नगर्ने, घरका सामान बेच्ने, शरिरमा पानी खन्याइ दिने, कुनै काम नगर्ने तथा वहुविवाह रहेका छन ।


यस बाहेक हाल आएर निम्न कारणहरुले पनि सम्बन्ध बिच्छेद हुने गरेको पाइएको छ, जस्तै आवेशमा आएर गरेको प्रेम विवाह, बालबिबाह ,अन्तरजातीय विवाह, दम्पत्तिमा हुने अहम भावना तथा आपसी असमझदारी जस्ता कारण हुनसक्छन । तर धेरै जसो सम्बन्ध बिच्छेदका कारणमा चाँही श्रीमान्ले श्रीमतीलाई जीवनसाथी हैन दासीको व्यवहार गर्ने, अनिच्छित वा अपमानीत यौन सम्पर्र्के (बैबाहिक बलात्कार) तथा यौन असुन्तुष्टि हुन । तर यस्ता कुराहरु प्रमाणित गर्न गा¥हो पर्छ । यस्तो कुरा बाहिर ल्याउँदा अरुले महिलालाई हेर्ने दृष्टिकोण फरक हुन्छ ।


पुरुषका भन्दा बढि महिलाका सम्बन्ध बिच्छेदका उजुरी


दाङमा सम्बन्धबिच्छेदका लागि उजुरी दर्ता गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढि भएको जिल्ला अदालतका श्रेष्तेदार बलदेब पाण्डेको भनाइ छ । पुरुषहरुलाई उजुरी दर्ताका लागि प्रक्रिया झन्झटिलो भएका कारण पनि उजुरी दर्ता गर्नेहरुमा महिलाको संख्या बढी रहेको उनले बताए । महिलाहरुले सिधै अदालतमा गएर उजुरी दर्ता गराउने व्यवस्था छ भने पुरुषहरुलाई सम्बन्धित गाविस वा नगरपालिका हँुदै अदालतसम्म पुग्नुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।


पुरुषले यी ९ गल्ति गरेमा स्वास्नीले सम्बन्ध बिच्छेदन गर्न पाउछन् ।


–लोग्नेले अरु स्वास्नी ल्याएमा


–स्वास्नीलाई घरबाट निकालेमा


–खानलाउन नदिएमा


–लगातार तीन वर्ष स्वास्नीबाट अलग बसेमा


–स्वास्नीको अंगभंग हुनेगरि कुटपिट गरेमा


–लोग्ने नपुंसक भएमा


–लोग्नेलाई निको नहुने यौनसम्बन्धि रोग लागेमा


–लोग्नेले परस्त्रीसंग करणी गरेमा


–स्वास्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा


के कारणले लोग्नेले सम्बन्ध बिच्छेद गर्न पाउछन


मुलुकी ऐन लोग्ने स्वास्नीको महलमा लोग्नेले सम्बन्ध बिच्छेद गर्न पाउने चार कारण उल्लेख गरेको छ ।


–लगातार तीन वर्ष लोग्नेलाई छोडेर अन्यत्र बसेमा


–लोग्नेको ज्यान जानेगरि आक्रमण वा अन्य कुनै प्रपञ्च गरेमा


–स्वास्नीलाई निको नहुने कुनै रोग लागेमा


–परपुरुषसंग करणी गराएको पाईएमा


दुबैको मञ्जिुरी भएमा जस्तो सुकै अबस्थामा पनि सम्बन्ध बिच्छेद गर्न पाउछन ।


समस्याहरु


सम्बन्ध बिच्छेद भएपनि महिलाले श्रीमानको अंश पाउने कानूनी व्यवस्था शुरु भएको २०५९ सालदेखि नै हो । तर यो झन्झटिलो छ । धेरै लोग्ने मानिसले श्रीमतीलाई अंश दिनुपर्छ भनेर हतार हतार पहिले नै अंशबन्डा भैसकेको र आफ्नो नाममा केही नभएको देखाउछन । यसले गर्दा पनि कानुनले दिएको अधिकार नलिई महिलाहरु सजिलैसँग सम्बन्ध बिच्छेद होस भनेर सम्पति नलिई कन सम्बन्ध बिच्छेद गर्ने गर्दछन ।


सम्बन्ध बिच्छेद गर्न पाउने कानूनी अधिकार कतिका लागि फाइदा र कतिका लागि घातक समेत भएको छ । कानूनमा व्यवस्था भएपनि यसले पार्न सक्ने सामाजिक असरहरु दिर्घकालिन हुनसक्छन । यो व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रता वा अधिकार हो तापनि यसले समाजमा पार्ने नकारात्मक प्रभावले समाजमा बस्ने मानिसलाई कत्तिको असर पु¥याउला भन्ने तर्फ ध्यान जानु आवश्यक देखिन्छ । आधुनीकीकरण तर्फ लम्किदै गएको यो समयमा सम्बन्ध बिच्छेदका घटनाहरु दिनदिनै बढ्दै गैरहेका छन । यसले समाजमा पार्ने प्रभाव र असरले परिवार बिखण्डनको स्थितीलाई कहाँसम्म ल्याई पु¥याउँछ अनुमान लाउन सकिदैन ।


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |