आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, December 22, 2015

बिद्यालयमा निशुल्क स्वास्थ्य शिबिर

रुकुम । रुकुमको भलाक्चामा एक दिने निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । रुपन्तर नेपालको आयोजनामा ज्ञानोय माद्यामिक बिद्यालय भलाक्चा ७ रुकुममा स्वास्थ्य शिबिरको सञ्चालन गरिएको हो । 
शिबिरको रुपान्तर नेपालका कार्यक्रम निर्देशका रबिन्द्र दासले उद्घाटन गरे । 
अस्पताल सम्म जान नसक्ने बिद्यार्थीहरुलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको फिल्ड सुपरभाईजर उत्तम रामजालीले जानकारी दिए । उनका अनुसार शिबिरमा स्वास्थ्य चेकजाँच, तथा सामान्य उपचार सगै जटिल समस्या देखिएका बिरामीहरुलाई आबश्यकता अनुसारका अस्पतालहरुमा उपचारका लागि जान अनुरोध गरिने छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |