आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, November 6, 2015

चौरजहारीमा सुविधा सम्पन्न होटेल स्थापना

11_mirrors_bedroom.jpg
रुकुम । रुकुमको चौरजहारी नगरपालिकामा आधुनिक सुविधा सम्पन्न मिड भ्याली होटेल स्थापना गरिएको छ ।  ग्राहकहरुको माग लाई ध्यानमा राखेर आधुनिक सुविधा सम्पन्न होटेल स्थापना गरिएको हो । 
चौरजहारी नगरपालिका २ स्थित पुरानो वजारमा २ साता अघि होटेलको विधिवत अदघाटन गरिएको थियो । १ करोड वरावरको लगानीमा संचालन गरीएको होटेलमा एटेज वाथरुम सहित २४ सै घण्टा विधुत र खानेपानीको व्यवस्था मिलाईएको संस्थापक तिलक भण्डारीले जानकारी दिए ।

 स्वदेशी तथा विदेशी ग्राहाकहरुको सुविधा लाई मध्यनजर गरेर स्थापित मिड भ्यालीमा तालिम प्राप्त कालीगढ राखिएको वताईएको छ । 
एटेच र कमन वाथरुम सहित १० वेड क्षमताको आवसको व्यवस्था गरीएको प्रोप्राईटर शिखर भण्डारीले वताए । होटेलमा विभिन्न नेपाली तथा विदेशी खानेकुराको परिकार सहित होम डेलिभरीको व्यवस्था समेत गरिएको छ । निकट भविश्यमा पार्टी प्यालेस र सेमिनार हलको लागी भवन निर्माण कार्य सुरु भैरहेको बताईएको छ । 


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |