आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, October 8, 2015

गाउँगाउँमा एमालेको संगठन विस्तार

आहा सञ्चार संबाददाता
रुकुम २१, असोज 
नेकपा एमालेको गाउँ जागरण कार्यक्रम र संगठन विस्तार कार्यअनुसार छिवांग गाविसमा पनि गठन गरिएको छ । नेकपा एमाले छिवांग ४ मा वडा कमिटी गठन गरिएको छ । मानसिह बुढाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । 
उक्त कमिटीको उपाध्यक्षमा गोविन्द बुढा र सचिवमा तुलविर बुढा रहनुभएको छ । बछिवांग गाउ ईन्चार्ज मोतिराम घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला कमिटि सदस्य तुलविर विष्ट, छिवांग गाउ कमिटि सदस्य प्रकाश ओली लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै एमालेको गाउँ जागरण कार्यक्रम अन्तरगत कोटजहारी गाउँ कमिटीको आयोजनामा प्रशिक्षण एवं संविधानको समिक्षा गरिएको छ । उक्त कार्यक्रममा संविधान निर्माणमा दलहरुले खेलेको भूमिकाको स्रहाना गर्दै धन्यवाद समेत प्रकट गरिएको छ । त्यस्तै उक्त कार्यक्रममा पार्टी सदस्यता नविकरण, स्थानीय विकास निर्माणमा कार्यकर्ताहरुको भूमिका लगायतका विषयहरुमा छलफल गरिएको छ । 

नेकपा एमालेका उपाध्यक्ष ऋषिप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता एमाले कोटजहारीका अध्यक्ष शसीराम सार्की र कार्यक्रमको सञ्चालन सचिव कृष्णलाल विकले गरेका थिए । उक्त कार्यक्रममा अनेमसंघ अध्यक्ष कल्याणी खड्का, जिल्ला सदस्य विरबहादुर राणा र युवासंघ नेपालका अध्यक्ष खुम भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |