आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, October 8, 2015

रुकुम महतका आधा दर्जन स्थानीय एक्कासी बेहोस

मेगराज खड्का
रुकुम  

रुकुम महत ७ कोर्जाका आधा दर्जन बढी स्थानीय एक्कासी बिरामी भएका छन । जंगलमा पाईने बारुलो पकाएर खाएको केहि समयपछि स्थानीयहरु बिरामी भएका हुन । स्थानीय नन्दलाल खड्काका अनुसार बिरामी भएका मध्य एकको मृत्यु भैसकेको छ भने अन्य गम्भीर अवस्थामा छन । 

बिरामीहरु छटपटाई रहेको भएपनि यातायात तथा नजिकमा स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या भएको बताईएको छ । जिल्ला प्रहरी रुकुमका प्रहरी प्रमुख गोबिन्द थपलियाले भने मृत्यु भएको भन्ने पुष्टि नभएको भएपनि आधा दर्जन जति एक्कासी गाउँमा बेहोस भएको भन्ने जानकारी आएका कारण प्रहरी टोली त्यसतर्फ खटाईएको बताए ।  

उनका अनुसार प्रहरी चौकी काँक्रीबाट उक्त कोर्जा गाउँमा प्रहरी हिडिसकेको भएपनि नपुगेका कारण बिस्तृत जानकारी आउन सकेको छैन । बिरामीहरुको तत्काल उपचारका लागि रुकुमको रुकुमकोटमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रहरीको भनाई रहेको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |