आहा सञ्चार संबाददाता
खलंगा
रुकुममा आईतबार देखि १५ दिने रेडियो उदघोषण तथा पत्रकारिता तालिम शरु भएको छ । आहा सञ्चार साप्ताहिक रुकुम र आम सञ्चार अभियान रुकुमको सयुक्त आयोजनामा तालिम सञ्चालन भैरहेको हो ।
मुसिकोट नगरपालिका १ खलंगा स्थित शिशिर बसन्त भ्यू. होटलमा भैरहेको उक्त तालिममा मञ्चिय उद्घोषण, रेडियो कार्यक्रम संचालन, समाचार लेखन तथा वाचन, रेडियो कार्यक्रम उत्पादन, फिचर लेखन, विज्ञापन संकलन, रिर्पोटिङ्ग लगायत अन्य महत्वपुर्ण जीवन उपयोगी ज्ञानका कुरा सिकाईने आयोजकले जानकारी दिएको छ ।
तालिमको सहजीकरण आहा सञ्चार साप्ताहिकका प्रकाशक/सम्पादक मेगराज खड्का र रेडियो गेमी त्रिबेणी एफएम रुकुमका स्टेशन मेनेजर तथा आम सञ्चार अभियानका निर्देशक अमरराज पुनले गरिरहेका छन । तालिममा जिल्लाका बिभिन्न गाविसबाट १५ जनाको सहभागिता रहेको छ ।
0 comments:
Post a Comment