गोपाल रेग्मी
रुकुम
समाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुको सम्मेलन वाट नेपालमा कार्यरत मानव विकास तथा सामुदायिक सेवा ( एचडिसीएस) ले कास्य पदक प्राप्त गरेको छ । अन्तराष्ट्रिय प्रोजेक्ट म्यानेजमेन्ट एस्सोसियशन पानामा देशले विश्वभरी रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सम्मेलन गरेको थियो ।
सामुदायिक क्षेत्रमा कार्यरत संस्थाहरुको व्यवस्थापन पक्ष नीति नियम, कार्यशैली र रणनीतिको विषयमा अनुसन्धान गरेको थियो । मानव विकास तथा सामुदायिक सेवाले स्वास्थ्य, शिक्षा, सुचना र विपद् व्यवस्थापनमा विगत २० वर्ष पहिले देखि नेपालमा काम गर्दै आईरहेको छ । ललितपुर जिल्लाको संैवुमा मुख्य कार्यालय भएको संस्थाले शिक्षाको क्षेत्रमा आशा वालविकास सेवा काठमाडौ अन्तराष्ट्रिय अध्ययन केन्द्र, संचार तर्फ आफनो एफएम, ओखलढुंगा स्वास्थ्य सेवा क्षेत्र लम्जुगं जिल्ला अस्पताल र चौरजहारी अस्पताल रुकुममा सेवा प्रदान गर्दै आईरहेको छ । अनुसन्धानको मापदण्डमा उत्कृट भएपछि संस्थाका निर्देशक डा. तिर्थ वहादुर थापा लाई व्राउन्ज मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । एचडिसीएस द्धारा संचालित प्रोजेक्ट मध्य लमजुङ जिल्लामा रहेको सामुदायिक अस्पतालको व्यवस्थापनमा अनुसन्धान गरीएको संस्थाका वोर्ड सदस्य डिल वहादुर गिरीले जानकारी दिए ।
सेप्टेम्वर २८ देखि ३० अर्थात असोज ११ गते देखि १३ गते सम्म संचालन भएको पानामा विश्व सम्मेलन वाट सो अवार्ड प्रदान गरीएको हो । ंग्रामिण क्षेत्रमा सामुदायिक सेवा र परियोजना विकासमा एचडिसीएसले लिएको व्यवस्थापनको विधि देशकै लागी नमुना सावित भएको सम्मेलनमा सहभागीेले वताएका थिए ।
0 comments:
Post a Comment