आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 29, 2015

मुटुरोग दिवसको अवसरमा अन्तरक्रिया


गोपाल रेग्मी
चौरजहारी

विश्व मुटुरोग दिवसको अवसरमा मंगलबार रुकुमको चौरजहारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुटुरोग लाग्ने कारण र यसवाट वच्ने उपायको वारेमा छलफल गरीएको हो । चौरजहारी अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम रुकुम उद्योग वाण्ज्यि संघ र द चौरजहारी गेष्ठ हाउसको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरीएको थियो ।

 धुम्रपान मध्यपान तथा चिल्लो वोसोयुक्त खानेकुराले गर्दा मुटुरोग लाग्ने भएकाले यस्ता प्राणघातक खानेकुरा नखान चिकित्सकले वताएका छन । विश्वमा सवै भन्दा खतरा र महगाें शुल्क राग्ने मुटुरोग वाट वच्ने उपायको वारेमा जनस्तर सम्म पुर्याउन आवश्यकता रहेको सहभागीले जोड दिएका छन । 

चौरजहारी अस्पतालका डा.प्रकास शाहु र प्रशासक डिल वहादुर गिरीले सहजीकरण गरेको कार्यक्रममा स्थानीय राजनैतिक दल, शिक्षक वुद्धिजिवी, व्यापार, व्यावसायी यातायात एवम सर्वसाधारणको उपस्थिति रहेको थियो । द चौरजहारी गेष्ठ हाउसमा संचालन गरीएको कार्यक्रम नगर विकास समितिका अध्यक्ष प्रेम वहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको हो । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |