आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, September 2, 2015

प्रहरीद्धारा रुकुमका ७ बालकको उद्धार


मनिष खड्का
रुकुम 
काठमाण्डौंको इट्टाभट्टामा काम गर्न लैजान लागेका रुकुमका ७ जना वालकको प्रहरीले उद्धार गरेको छ । कामका लागी काठमाडौका विभिन्न इट्टाभट्टामा लगिदै गरेका जिल्लाको राङ्सी गाविसका बालकहरुलाई सोलावाङ्गबाट प्रहरीले उद्धार गरेको हो । 

उद्धार गरिएका वालकमा राङसी ३ का १४ वर्षका बसवहादुर घर्तिमगर, १५ वर्षका परिश्रम घर्तिमगर, १५ वर्षका जान वहादुर विक, १४ वर्षका जगत वहादुर विक, वडा नं. १ का १४ वर्षका राजिमान बुढामगर, वडा नं. २ का १५ वर्षका दुर्गा विक र वडा नं. ५ का १४ वर्षका हिम्मत विक रहेका छन् । मंगलवार वेलुका रुकुमबाट भालुवाङ्गका लागी छुटेको गाडीमा चेकजाँचका क्रममा वालकहरुलाई कामका लागी काठमाण्डौं लैजादैं गरेको पाइएपछि उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थपलीयाले जानकारी दिए । वालकहरुलाई लैजान लागेका राङ्सी ४ का ३५ वर्षका दिपक बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुढाले अभिभावको मञ्जुरीमा बालकहरुलाई काठमाण्डौंको एक इट्टाभट्टामा कामका लागी लिन लागेको प्रहरीसामु बताएका छन् ।

 उद्धार गरिएका वालकहरुलाई जिल्ला वालकल्याण समितिको संरक्षणमा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अभिभावकहरुलाई वोलाएर वालकहरुलाई जिम्मा लगाइने वालअधिकार अधिकृत मानविर ओलीले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका बुढा यसअघि बालवालिका ओसार पसारमा संलग्न भए नभएको वारेमा अुनसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

रुकुम जिल्लाबाट यस अघि पनि विभिन्न कामका लागी भन्दै जिल्ला बाहिर लैजादैं गरेका बालबालिकाहरुलाई प्रहरीले उद्धार गर्दै आएको छ । पछिल्लो समय जिल्लाबाट बालबालिकालाई कामका लागी वाहिर लैजाने गरेका घटनाहरु समेत वढेका छन् । गरिबी, चेतनाको अभाव लगायतका विभिन्न कारणले बाल श्रमिक र बालबालिकाको ओसार पसारमा बृद्धि भइरहेको सरोकारवालाको भनाई छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |