आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, August 18, 2015

रुकुम टुक्र्याउने को ?


शिर्ष नेता की जनार्दन

मेगराज खड्का
समाचार टिप्पनी
पछिल्लो राजनैतिक सहमति अनुसार संघियताको सिमांकनमा रुकुम जिल्लालाई दुई भागमा टुक्र्याउने को हो ? अहिले सर्बत्र चासो र चिन्ताको बिषय बनीहरेको छ । केहि अन्यौलमा छन त कोहि आफु यस बिषयमा जानकार रहेको दाबी गरीरहेका छन । त्यस्तै दिनहु जिल्लामा आन्दोलन किन भैरहेको छ, के आन्दोलन बाट समस्या हल होला त अर्को प्रश्न पनि सबैमा छताछुल्ल छ । रुकुम टुक्रा पार्ने कसैले जिल्ला स्थित कुनै सभासदको जबरजस्त भुमिका रहेको आकलन गरिरहेका छन भने कसैले केहि भुमिका छैन शिर्ष नेतृत्वबाट भएको हो भन्ने टिप्पनी छ । रुकुम टुक्रिएको बिरोधमा मात्र होईन जिल्लामा पछिल्लो समय आफुहरु कोहि प्रदेश नम्बर ५ र कोहि प्रदेश नम्बर ६ मा पर्नुपर्छ भनेर आन्दोलन भैरहेको छ । कोहि जे भएको छ त्यो नै राम्रो छ भनेर खुसियाली मनाईरहेका छन । तर अन्य आन्दोलन भन्दा रुकुम टुक्र्याउनु हुदैन र सिंगो रुकुमलाई प्रदेश नम्बर ५ मा राख्नुपर्छ भनेर सदरमुकाम खलंगामा भैरहेको आन्दोलन बढी प्रभाबकारी देखिन्छ । सदरमुकाम केन्द्रित आन्दोलन चएका कारण पनि सबैको चासो र चिन्ताको बिषयमा बनीरहेका छ । दलहरु बिच सिमांकनमा भएको सहमति सार्बजसनक भएलगतै करिब एक साता देखि आन्दोलन भैरहेको छ । जसका कारण कोहि सडकमा आन्दालनमै सहभागि छन भने कोहि चिया चौतारो या सामाजिक सञ्जालहरुमा आफ्नो बिचार बिश्लेषणहरु सार्बजनिक गरिरहेका छन । 

कोहि भने रुकुम स्थित जिल्ला स्तरका ठुला नेता अग्लो भवनको ढोका बाट आन्दोलन हेर्ने, कोहिले काठमाण्डौमा प्रधानमन्त्री सुसिल कोईरालालाई भेटेर रुकुम टुक्र्याएको बिरोधमा ज्ञापन पत्र बुझाईयो, रुकुम टुक्राउनु हुदैन भनेर नेता तथा सभासदले फेसबुकमा आन्दोलनको लोकप्रियताको लागि अभिब्यक्तिहरु बिभिन्न माध्यमबाट सार्बजनिक गरिरहेका छन । रुकुमको यो आन्दोलनमा हित चिताई कसले कति गरे त्यो अहिले सम्मको. उपलब्धीले देखाईरहेका छ कसैले ब्याख्या गर्नु आबश्यक नै छैन ।  तर एउटा कुरा अरु जिल्लाको जस्तै तब सम्म रुकुमका सबै राजनैतिक दलका नेताहरुले आन्दोलनको मोर्चा समाल्दैनन तब सम्म रुकुमको आन्दोलन मात्र निरन्तरता होला तर निर्णायक र उपलब्धीपुर्ण हुने संभावना कमजोर हुन्छ । रुकुम जिल्लाका केहि एमाले काग्रेसले जर्नादन शर्माले खतम पारे भनेर आन्दोलनमा हामिने, बल्याकमेलिङ गर्ने र केन्द्रमा काग्रेस सभापनि सुसिल र एमाले अध्यक्ष केपीले संघियतामा अखण्ड हुदैन, अखण्डताको आन्दोलन गर्ने संघियता बिराधी हरिया सर्पहरु हुन, तिनलाई प्रहरी लगायर ठिक पार्नुपर्छ भन्ने अभिब्यक्ति दिन्छन भने रुकुम टुक्राउने र रुकुम ६ नम्बरमा हाल्ने को रैछन भन्ने प्रस्ट भएको छ । यी सब गर्ने जर्नादन मात्र नभएर सबै दलका शिर्ष नेताहरु हुन । यदि जनार्दनको ६ नम्बरमा राख्न पहिल भएको भएपनि सबै दलका शिर्ष नेताहरुको सहमती रैछ भन्ने प्रष्ट हुन आउछ । त्यसकारण यस पटकको सिमांकन कुनै एउटा नेता र एउटा दलको भुमिका नभई सहि भएपनि गलत भएपनि सबै दलका शिर्ष नेताहरुको सहमतिमा नै भएको हो । त्यहि भएर त दलहरुले आन्दोलनमा नजाउ भनेर हुईप जारी गरेका छन कार्यकर्तालाई । अटेर गरेर कोहि आन्दोलनमा होलान त्यो फरक कुरा हो ।

 यदि सक्छौ भने ढोका बाट आन्दोलन नहेरी, काठमाण्डौ केहि नेतालाई भेटेको नाटक नगरी, केन्द्रको पार्टीको हुईप त्यागी, सगम्र पाटी नेता पार्टीको झण्डा सहित आन्दोलनमा आउ, नत्र रुकुमका अरु काग्रेस, एमालेका सभासद र नेता कार्यकर्ताले पनी कुनै सभासद र ब्यक्तिको ब्यक्तिगत बिज्यत गरेर आन्दोलन गर्नु सोभनिय हुन सक्दैन । 

यो स्वतन्त्र आन्दोलन होला तर बिश्लेषण कसरी भैरहेका छ त्यो पनि अर्को पाटो हुन जान्छ । काग्रेस रुकुम सभापति मान बहादुर नेपाली, एमालेका अध्यक्ष बिमल पुन, एमाओबादीका अध्यक्ष गोपाल शर्मा, पुर्ब राज्य मन्त्री गोपाल जीजंग शाह रुकुमको सहडमा नभएसम्म यो रुकुमको आन्दोलन पुर्णरुपमा सफल हुन सक्दैन । यहाँहरु मध्य कोहि आन्दोलनको पक्षमा दहिचिउरे ब्यबहार गर्नुहोला, कोहि सिधै आन्दोलननको बिपक्षमा हुनुहोला तर केन्द्रको हुईप र केन्द्रमा सबै दलका नेताहरु बिचमा यो सिमांकनको बिषयमा सहमति भएका कारण उहाँहरु आन्दोलनमा आउनसक्ने अबस्था छैन ।  बिपक्षमा किन आउनुहुन्न लामो समयसम्म स्वतन्त्र आन्दोलन बलियो, परिपक्क हुन सक्दैन । सटिकमा के बुझौ भने केन्द्रमा सबै दलका नेता मिलेर नै रुकुम लगायत सबै ठाउँको यो संघिय सिमांकन भएको छ । अब जुंगा चल्यो कुरा बुझीयो, अरु कुरा भन्दा पनि हामी रुकुमेलीलाई प्रदेशीक राजधानी सुगम पार्न सुर्खेत या दाङ मध्य एक बनाउन चाँहि निरन्तर रचनात्मक पहल गरौं । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |