आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, August 21, 2015

नियुक्ती नलिएरै काम गर्छन महिला पत्रकार


रचना रानामगर
रुकुमका बिद्युतिय मिडियाहरुमा काम गर्ने पत्रकार महिलाहरुले नियुक्ति बिना नै काम गरिरहेको बताएका छन । क्रियाशील पत्रकार महिला रुकुम जिल्ला शाखा रुकुमले आईतबार गरेको क्रियाशिल पत्रकार महिला बिच पत्रकार महिलाहरुको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताईएको हो । रुकुमका ५ वटा रेडियोहरुमा क्रियाशील रुपमा काम गर्ने २३ जना पत्रकार महिलाहरु मध्ये ४ जनाले मात्र नियुक्ति लिएर काम गर्ने गरेको पाईएको छ ।

 कार्यरत महिला पत्रकारहरुले कार्यक्रममा आफुहरुलाई नियुक्ति दिन्छौं दिन्छौं मात्र भनेर नदिई खाली श्रम शोषण मात्र गरेको गुनासो गरेका छन् । कार्यक्रममा बोल्दै क्रियाशील पत्रकार महिला रुकुमका अध्यक्ष नुमा रिजालले मिडियाहरुले महिला पत्रकारहरुलाई नियुक्ति नै नदिएर काम मात्रै गराएर श्रम शोषण गरेको प्रति आपत्ती जनाउदै पत्रकार महिलाहरुको अवस्थाबारे बुझ्न तत्कालै मिडिया अनुगमन गर्ने बताईन ।

 त्यस्तै पत्रकार महिलाहरुले काम गर्ने क्षेत्रमा आफ्नो क्षमताको विकास गर्नु पर्ने र मिडियाहरुले पनि श्रमजीवि पत्रकार ऐन कार्यान्यन गर्ने उसको क्षमता अनुसार पारिश्रमिकको व्यवस्था गर्नु पर्ने बताएका थिए । कार्यक्रममा पत्रकार महिलाहरुले मिडियामा काम गर्दाका अनुभव, महिला भएकै कारणले आउने चुनौतीबारे छलफल गरिएको थियो । क्रियाशील पत्रकार महिला रुकुमकी अध्यक्ष नुमा रिजालको अध्यक्ष्यता एवम् सल्लाहकार कोपिला बिएमको प्रमुख आतिथ्या रहेको कार्यक्रम संचालन सचिव निर्मला शर्माले गरेकी थिईन । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |