मेगराज खड्का
रुकुम
रुकुमका पाँच अन्तरजातीय जोडिलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ । राष्ट्रिय दलित आयोग बाषिर्क कार्यक्रम अनुसार रुकुम जिल्लामा अन्तरजातीय विवाह गरी नमूना बनेका पाँच जोडिलाई दोसल्ला र प्रोत्साहन स्वरुप नगद २० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । उक्त पाँच जोडिहरुलाई आयोगका अध्यक्ष मान बहादुर नेपाली लगायतका अतिथिहरुले सम्मान प्रदान गरे ।
सम्मान हुने जोडिहरुमा मुसिकोट नगरपालिकाका गणेश विक र प्रेमा गौतम, गरायला गाविसका धनविर ओली र तारा विक, घेत्मा गाविसका शशिराम नेपाली र कमला शाह, सिम्ली गाविसका चंखबहादुर विक र कौसिला ओली र आठविसकोट गाविसका कलश परियार र सिता शाह रहेका छन । यसैबिच राष्ट्रिय दलित आयोगको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्रको आयोजनामा सोमबार खलंगामा जिल्लालाई जातीय भेदभाव तथा छुवाछुवा मुक्त जिल्ला बनाउन र दलित नमूना बस्ती निर्माण गर्न आवश्यक सल्लाह सुझाव संकलनका लागि एक दिने कार्यशाला समेत सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
एक कार्यक्रममा अन्तरजातीय जोडिलाई सम्मान भैरहेको भएपनि केहि दिन अघि गरिएको एक कार्यक्रममा भने रुकुमका धेरै अन्तरजातीय जोडिहरु अपमानित भएर बस्नुपरेको प्रतिबेदन र्सार्बजनिक भएको छ । दलित सेवा संघ रुकुमले एक कार्यक्रमको आयोजना गरि आर्थिक बर्ष७१र७२ मा जिल्लाभर २० वटा जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी घटनाहरु घटेको र्सार्बजनिक गरेको छ । जसमा अन्तरजातीय बिबाहलाई बाल बिबाहको नाममा मुद्धा लगाई कानुनी रुपमा फसाउने देखि घरपरिवारले नस्वीकार्दा समस्या भएको बताईएको छ ।
जिल्लाका १० वटा गाविसमा गरेको घटना संकलनका आधारमा गरेको उक्त प्रतिबेदनमा जातिय भेदभाव तथा छुवाछुतका ५, कुटपिट २, अन्तरजातिय बिबाह १२ र जबरजस्ती करणी १ वटा घटना रहेका छन । युएमएन रुकुमको आर्थिक सहयोगमा आयोजना गरिएको उक्र कार्यक्रममा पीडितहरुलाई न्यान प्रदान गर्नका लागि सरोकारवाला निकाहरुसंग अन्तरक्रिया समेत गरिएको थियो ।
0 comments:
Post a Comment