आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, June 30, 2015

डाक्टरहरु पुगे भ्याली हाई स्कुलमा


गोपाल रेग्मी
चौरजहारी
रुकुमको चौरजहारीमा रहेको भ्याली पव्लिक हाई स्कुलमा स्वास्थ्य र सरसफाई सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत छात्र र छात्रा विद्यार्थीहरु लाई व्यक्तिगत, पारिवारीक र वातावरणीय स्वास्थ्य र सरसफाई सम्वन्धि जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम संचालन गरीएको हो । 
भ्याली पव्लिक हाई स्कुलको आयोजना र एचडिसीएस चौरजहारी अस्पताल अन्तरगत सामुदायिक स्वास्थ्य कार्यक्रमको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कक्षा ६,७, ९ र १० मा अध्ययनरत ६० जना विद्यार्थीहरुकोे सहभागीता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण ईटालीयन डाक्टर चिशिली, कार्यक्रम संयोजक पुर्ण वहादुर थापा र स्टापनर्स सिता आले गरेकी थिईन । स्वच्छ, ताजा खानपान, खाना पुर्व र शौचालय प्रयोग गरीसकेपछि  सावुन पानीले हातधुने ६ वटा विधिको वारेमा जानकारी गराईएको थियो । त्यसैगरी टाईफाईड ज्वरो, आउँ, एचआईभी एड्स, पत्थरी उच्चरक्तचाप, क्षयरोग हुने कारण र रोकथामका उपायको वारेमा समेत वताईएको विद्यालयका संस्थापक तेज वहादुर भण्डारीले जानकारी दिए । 

सत प्रतिशत उर्तिण गराउने भ्याली

यसैविच भ्याली पव्लिक हाई चौरजहारीले २०७१ सालमा दिईएको एसएलसी परिक्षामा उतिर्ण विद्यार्थीहरुका अविभावकहरु संग चियापान कार्यक्रम गरेको छ । परिक्षामा कुल ४२ जना विद्यार्थीहरु सहभागी वनेका थिए । जसमध्य ३२ जना विद्यार्थी प्रथम श्रेणी र १०  जना विद्यार्थी द्धितिय श्रेणीमा उतिर्ण भएका छन । चियापान समारोहमा विद्यालयले सत प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको भन्दै विद्यार्थीका अविभावकहरुले शिक्षक र विदालय परिवार लाई धन्यवाद ज्ञापन गरेका थिए । विद्यालयले यस वर्ष देखि विद्यार्थीहरुको सर्वागींन विकासका लागी कला शिक्षकको समेत व्यवस्था गरेको कार्यक्रममा जानकारी गराएको थियो । चलचित्र अनौठो प्रेमकथाका नायक एवम मोडेल सन्तोष वलीलाई कला शिक्षकमा नियुक्त गरीएको विदालयका प्राचार्य पुष्पा शाहले जानकारी दिईन । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |