आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, May 27, 2015

आहा सञ्चार साप्ताहिक तेस्रो बर्षमा प्रबेश गरेको अवसरमा जारी बिज्ञप्ती

आहा बिज्ञप्ती
शान्ति र समृद्धिको चाहा, समाचार र बिचारमा आहा भन्ने मुल नारा लिई रुकुमबाट नियमित प्रकाशनमा रहेको समाचारप्रधान पत्रिका आहा सञ्चार राष्ट्रिय साप्ताहिक प्रकाशन यात्राको दोस्रो बर्ष पुरा गरि तेस्रो बर्षमा प्रबेश गरेको खबर तपाईहरुलाई सुनाउन पाउँदा हामी निकै खुसि भएका छौ । जिल्लामा बिद्युतिय संचारमाध्यमहरुले राम्रो फड्को मारेको भएपनि छापा सञ्चारमाध्यमहरु निरन्तरता र व्यवसायिक अभ्यासमा नआईरहेको अबस्थामा शुरु गरिएको यो कठिन यात्रामा सहज भने भएन । यो असहज यात्रा निरन्तरतामा काँध थाप्ने हाम्रा बिज्ञापनदाता, पाठक, लेखक, स्थानीय संबाददाता, जिल्ला स्थित संचारमाध्यम तथा पत्रकार, सरकारी तथा गैरसरकारी कार्यालय लगायत आम सर्बसाधरणहरुलाई हार्दिक धन्यबाद ब्यक्त तथा सहयोग निरन्तरताको अपेक्षा गर्दछौ ।
    तपाईहरुको नियमित सहयोग र आर्शिबादले हामी जिल्लाको ज्ञानसिप, प्रबिधी, आर्थिक, सामाजिक, सांस्कृति, राजनैतिक र भौतिक समस्या संगै अस्वस्थ प्रतिष्प्रधालाई पनि छिचोलेर गन्तब्यमा पुग्न सफल भयौ । शुरुवातमा एक्लो प्रयासबाट थालिएको यो आहा यात्रामा दुई बर्षको क्रममा हात र साथ जोड्नेहरु क्रमसः थपिरहेका छन । आहा सञ्चारले रुकुमको बिकास, परिबर्तन र समृद्धिको पक्षमा सगै यस भित्र हुने गरेका बिबिध नराम्रा कुराको बिपक्षमा पनि उभिएर कलम चलायो । हामी कुनै राजनैतिक पार्टीको मुखपत्र तथा झण्डा ओढेनौं तर सहि राजनैतिक बिचार र जागरणको बिश्लेशन गर्न भने कहिलै हिच्कीचाएनौ । हामीले पत्रिका शुरु गर्दा जिल्लामा केहि म्यागजिनहरु कहिलेकाँहि निस्कने गरेको भएपनि समाचारप्रधान पत्रिका नियमित निस्कन सकिरहेका थिएनन् । त्यहि अभाबका बिचमा रुकुमको छापा पत्रकारिताको बिकास र बिज्ञापन बजार फराकिलो बनायौं । जतिबेला हामी नै जिल्लाबाट प्रकाशनमा रहेको एकमात्र समाचारप्रधान पत्रिका थियौं । पछि हामीले बिस्तार गरेको बजार अनुकुलताका बिचका केहि अन्य पत्रिकाहरु पनि निस्कन थाले तर निरन्तरता नभएका मौसमी । अनी पछिल्लो समयमा शुरुवात भएका पत्रिकाहरुको मुल्याङकनको समय कटिरहेको छैन, त्यसकारण हामी ति पत्रिकाहरुलाई पनि यो सुनौलो अवसरमा निरन्तरताको शुभकामना दिन चाहान्छौं । पछिल्लो समयमा दुईचार ओटा पत्रिका निस्कन थाल्दा हामी निकै खुसि भएका छौं किननी त्यो यात्रा पनि आहा सञ्चारले थालेको यात्रा नै थियो । हामी रुकुममा छापा सञ्चारमाध्यम सञ्चालन गर्न सकिन्छ र चुनौतिका बिचमा पनि त्यो सञ्चालन गर्ने हाम्रो आँट छ भन्ने उदेश्यले नै यो यात्रामा लामबद्ध भएका थियौं । रुकुमेली छापा सञ्चार माध्याम विकासको दायित्व हामी मा पनि भएका कारण शुरुवातमा त एकमात्र भयौं तर अन्त्यमा पनि एकमात्र हुन चाहादैनौं । त्यहि आहा नियत बोकेका कारण नै आज आहा सञ्चार रुकुमको अग्रणी र प्रभावशाली छापा माध्यामको रुपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । पहिलो बर्ष पत्रिका निरन्तरताको मात्र लक्ष रहेको भएपनि दोस्रो बर्षमा भने निरन्तरता सगै व्यवसायिक पत्रकारिताको अभ्यासको शुरुवात गर्यौं । हामीले गरेको व्यवसायिक अभ्यास अरु मिडिया सञ्चालकहरुका लागि समेत लाभलायक नै भयो होला भन्ने हामीले बिश्वास लिएका छौं । तेस्रो बर्ष देखि हामी ति सबैको साथसाथै पहुँच तथा स्तर बृद्धि सगै संस्थागत विकासको बाटो लक्ष राखेका छौं । पत्रिकामा सबै प्रकारका बिषयबस्तु रहने भएपनि जिल्लाका खोजपुर्ण रिपोर्ट, आर्थिक र जनसरोकारका केन्द्रित सामाग्रीलाई प्राथामिकता दिईयो । त्यसका साथै आउँदा दिनहरुमा हामीले समेट्ने समाचारहरुको  घेरा फराकिलो पार्दै लैजाने  र पत्रिकाको अनलाईन संस्करणलाई पनि अझै व्यवस्थित गरि बिश्व समुदायको ध्यान केन्द्रित गर्ने प्रतिबद्धता पनि पाठकसंग गर्न चाहान्छौ । त्यतिमात्र नभएर हामी हाम्रो मात्र प्रगति र उन्नतीको अपेक्षा र अभ्यास मात्र गर्ने छैनौ समग्र रुकुमेली पत्रकारिता र पत्रकारको प्रगति र उन्नतीमा पनि हाम्रो चासो र चिन्ता रहनेछ । हामीले सकेसम्म पत्रकारिता र पत्रकारको क्षमता अभिबृद्धि सगै राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने योजना पनि बनाएका छौ ।
    जस अनुसार पहिलो बर्ष देखि आहा सञ्चार पत्रकारिता पुरस्कारको शुरुवात गरेको तपाईहरुलाई अवगतै होला । जिल्लामा रहेर उत्कृष्ठ पत्रकारिता गर्ने एक जना पत्रकारलाई पुरस्कृत गरिने उक्त पुरस्कारलाई झनै ब्यबस्थित र प्रभाबकारी बनाउन आर्थिक तथा प्राबिधिक सहयोगको समेत हामी सबैसंग अपेक्षा राख्दछौं । यस पत्रकारिता पुरस्कारले जिल्लामा रहेर नियमित, उत्कृष्ठ र साहासिक पत्रकारिता गर्ने पत्रकारलाई ठुलो प्रेरणा पुग्नेछ भन्ने बिश्वास हामीले लिएका छौ । जस अनुसार यस पटकको ५ हजार राशीको पत्रकारिता पुरस्कार स्थानीय स्तरबाट नियमति र उत्कृष्ट पत्रकारिता गर्नुहुने पत्रकार गोपाल रेग्मीलाई प्रदान गरिने घोषणा गर्दछौं ।  अन्तमा,  हाम्रो प्रकाशन क्रममा देखिएका कमजोरी, सुधार तथा थप गर्नुपर्ने पक्षमा प्रतिक्रिया दिई सहयोग गर्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ । तपाईहरुले हाम्रो प्रकाशनलाई पछ्याईरहनु होला हामी तपाईका सरोकारका बिषयहरु पछ्याईरहने छौ । धन्यबाद ।
                                                                            
                                                                     
                                                                                 मेगराज खड्का
                                                                                प्रकाशक/सम्पादक
                                                                                  मिति ः २०७२/२/१३

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |