आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, May 5, 2015

रुकुमका २ सय बढी घरमा क्षति

मेगराज खड्का
रुकुम

शनिबार आएको महाभूकम्पका कारण रुकुमका २ सय बढी घर क्षति भएका छन । जिल्ला प्रशासन कार्यालय रुकुमको पछिल्लो बिवरण अनुसार जिल्लामा यति धेरै संख्यामा घरहरु क्षति भएको हो । रुकुमका प्रमुख जिल्ला अधिकारी अन्तर बहादुर सिलवालका अनुसार भूकम्पका कारण हालसम्म ५६ बस्न नमिल्ने गरि र १२० मर्मत गरेर बस्न मिल्ने खालको आंसिक क्षति भएको छ ।
उनका अनुसार अझै केहि क्षति भएका घरहरु थपिने संभावना छ भने त्यसका लागि बिभिन्न टोली बनाएर दुर्गम गाविसहरुमा अझै क्षतिको विवरण संकलन भैरहेको छ । प्रशासन कार्यालयका अनुसार भूकम्प पीडित परिवारलाई पहिलो चरणको राहत सामाग्री समेत प्रदान गरिएको छ । प्रशासन कार्यालयका अनुसार हालसम्म एक मृतक र ५२ पुर्ण क्षति भएका घर परिवारलाई प्रचलित नियमअनुसार राहत वितरण गरिएको हो ।  विशेष गरी पूर्वी रुकुम तकसेरा, महत, मोरावाङ, मग्मा, सिम्ली, चौखावाङ, चुनवाङ, छिवाङ, जाङ लगायतका गाविसमा भुकम्पबाट प्रभावितहरु बढी छन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |