आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, May 20, 2015

हामी उत्साहित छौं

सम्पादकीय
आहा सञ्चार साप्ताहिक प्रकाशन शुरुवात गरेको आजै जस्तो लाग्छ तर २ बर्ष बित्नै लागेछ । २०७० जेठ ७ गतेबाट प्रकाशन यात्रा शुरु गरेको आहा सञ्चार अब अर्को हप्ताको अंकदेखि दोस्रो बर्ष पुरा गरि तेस्रो बर्षमा शुरुवात गर्दैछ । तपाईहरु माँझ यो खबर सुनाउन पाउदा हामी निकै खुसि भएका छौं । रुकुमजस्तो सानो बजार क्षेत्रमा पनि छापा सञ्चार माध्यामको शुरुवात र निरन्तरता दिन सकिन्छ भन्ने आँट सहित थालिएको यात्रा हालसम्म पनि निरन्तर अगाडि बढिरहेको छ ।
    यस बिचमा धेरै चुनौतिहरु पनि आए तर हामीले ति चुनौतिहरुलाई कडा परिश्रम र क्षमता लगायर पञ्छाउदै अवसर र संभावनाको रुपमा अगाडि बढायौं । पत्रिकामा सबै प्रकारका बिषयबस्तु रहने भएपनि जिल्लाका खोजपुर्ण रिपोर्ट, आर्थिक र जनसरोकारका केन्द्रित सामाग्रीलाई प्राथामिकता दिईयो । त्यसका साथै आउँदा दिनहरुमा हामीले समेट्ने समाचारहरुको घेरा फराकिलो पार्दै लैजाने  र पत्रिकाको अनलाईन संस्करणलाई पनि अझै व्यवस्थित गरि बिश्व समुदायको ध्यान केन्द्रित गर्ने प्रतिबद्धता पनि पाठकसंग गर्न चाहान्छौ । त्यतिमात्र नभएर हामी हाम्रो मात्र प्रगति र उन्नतीको अपेक्षा र अभ्यास मात्र गर्ने छैनौ समग्र रुकुमेली पत्रकारिता र पत्रकारको प्रगति र उन्नतीमा पनि हाम्रो चासो र चिन्ता रहनेछ ।
    अन्तमा, आहा सञ्चार यस बर्ष देखि स्तरबृद्धि तथा पहुँच बिस्तार गरि गाउँगाउँमा पुग्ने लक्ष्य राखेको छ । त्यसका लागी तपाई पाठक तथा आम नागरिकले हाम्रो प्रकाशन क्रममा देखिएका संभावना, कमजोरी, सुधार तथा थप गर्नुपर्ने पक्षमा प्रतिक्रिया दिई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |