मेगराज खड्का
रुकुम
रुकुमको चौखाबाङ गाविसमा देखिएको अज्ञात रोग सिजनल फ्लु (मौसमी रुँघाखोकी) रहेको पुष्टि भएको छ । गाउँमा अज्ञात स्वास्थ्य समस्या देखिएपछि जिल्ला सदरमुकाम खलंगा बाट एक स्वास्थ्य टोलि त्यहि पुगि चेकजाँच गर्दा सिजनल फ्लु रहेको पुष्टि भएको हो । स्वास्थ्य टोलीको नेतृत्व गरेर गएका मुसिकोट स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक मानबहादुर खत्रीले केहिमा झाडापखाला लगायतका समस्या पनि देखिएको भएपनि अधिकांसमा सिजनल फ्लु रहेको र उपचार पछि क्रमस सुधार भैरहेको छ । ‘बिरामीहरु नबढेको र शुरुका बिरामीहरुमा क्रमस सन्चो हुदै गएपछि त्यहा गएको टोली फर्किएको छ’ जनस्वास्थ्य निरिक्षक खत्रीले भने, ‘चौखाबाङमा थप समस्या नहोस भनेर स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।’
कारण यस्तो रहेछ
चौखाबाङ भएको उक्त स्वास्थ्य समस्या शुरुमा स्वाइन फ्लुको भएको हुनसक्ने भन्दै जिल्ला देखि राष्ट्रिय सञ्चार माध्यामहरुमा समेत स्थान पायो । जिल्लाका अधिकांस सर्बसाधरणहरुमा छिमेकी जिल्ला जाजरकोटमा रहेको स्वाइनफ्लु रुकुममा पनि आएछ र हामीलाई पनि सर्ने भो भनी निकै क्रसित समेत भए । शुरुमा बैदेशिक रोजगार तथा अन्य कामको शिलसिलामा बाहिर गएका ब्यक्तिबाट गाउँमा रोग भित्रिएको शंका भरियो तर त्यो यर्थात नभएको सम्बन्धीत स्वास्थ्य कर्मी तथा स्थानीय अधिकारीहरुले बताएका छन । चौखाबाङमा उक्त समस्या हुनुको मुख्य कारण स्थानीय पानीमा भिज्नु र दुषित पानी खानु नै रहेको जनस्वास्थ्य निरिक्षक खत्रीले बताए । उनका अनुसार उक्त समस्या हुनुको केहि दिन अघि होल्तारामा स्थानीय बन समितिको बैठक रहेकोले स्थानीयहरु त्यहाँ पुगेका थिए । उक्त दिन पानी पर्दा स्थानीय भिजेका थिए भने पानीका कारण मुहानमा प्रदुशित हुदा पानी समेत फोहोर भएको थियो । जसका बैठकमा आएका उनीहरुले एकैस्थानमा सिधै पाएपबाट आएको प्रदुषित पानी पानी आएको कारण त्यस्तो समस्या सृजना भएको थियो । त्यसपछि घर जाँदा स्थानीयमा एकैसाथ एक्कासी टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने र रुँघाखोकी लाग्ने जस्ता लक्षण देखिएको बताइएको छ । गाविस सचिब गणेश कुमार शर्माले पनि उक्त समस्या एक समुहको बैठकमा आएका स्थानीय पानीमा भिजेका र बर्षातका कारण प्रदुषित पानी खाँदा त्यस्तो समस्या रहेको थपे । उनका अनुसार चौखाबाङको चट्याङ र मौसमी रुघाँखोकी जस्ता समस्याको समस्या समाधानका लागि गाविस स्तरीय छिटै बैठक बोलाईने छ ।
१ सय ४० बढी प्रभाबित
चौखाबाङमा देखिएको उक्त समस्याका कारण गाविसका १ सय ४० बढी स्थानीय प्रभाबित भई उपचार तथा चेकजाँच गरिएको छ । स्वास्थ्यकर्मीका अनुसार जसमध्य ८० बढीमा सिजनल फ्लु रहेको थियो भने अन्यमा झाडापखाला लगायतको समस्या देखिएको थियो ।

0 comments:
Post a Comment