आहा सञ्चार
रुकुम
रुकुमेली दलित पत्रकारमा फुट देखिएको छ । केहि समयअघि नेपाल दलित पत्रकार मञ्च गठन गरि एक ठाउँमा आबद्ध भएका जिल्ला स्थित दलित पत्रकारहरुमा फुट देखिएको हो । केहि दिन अघि मात्र संयुक्त दलित पत्रकार समूह रुकुम नाममा नयाँ कार्य समिति समेत चयन भएको छ । विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको भेलाले गणेश विकको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । समितिको महासचिव गणेश सिर्पाली, सचिव जनक विक, कोषाध्यक्ष चिना विक र सहकोषाध्यक्ष अस्मिता विक रहेकी छिन । त्यस्तै सदस्यहरुमा धिराजन विक, किरणवावु रसाईली, कल्पना सुनार र रञ्जित विक चयन भएको नबगठित समुहका महासचिब शिर्पालीले जानकारी दिए ।
उनका अनुसार ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । नवगठित कार्य समितिको पहिलो बैठकले बैठकले जिल्ला विकास समिति अन्तरगत दलित समन्वय समितिको दलित लक्षित बजेटबाट क्षमता अनुसारको कामको जिम्वेवारीका लागी प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । बैठकले जिल्लामा क्रियाशिल तथा पत्रकारिता क्षेत्रमा चासो राख्ने दलित पत्रकारहरुको तथ्याङ्क संकलन गर्ने र पार्टीका दलित जनवर्गिय संगठन, पत्रकार महासंघ र विभिन्न पत्रकार संगठनहरुसंग सहकार्य गर्ने निर्णय समेत गरेको छ । यस अघि प्रबिर ददेल अध्यक्ष रहेको मञ्चमा बिक उपाध्यक्ष र शिर्पाली सचिब थिए ।
समुहका नबनिर्बाचित अध्यक्ष बिकले फुट भन्दा पनि यसअघि गठन गरिएको दलित पत्रकार मञ्च केहि ब्यक्तिको एकलौटी निर्णय तथा एनजिओ जस्तो संकुचित घेरामा रहेको र त्यस मार्फत रुकुमेली दलित पत्रकारको हकहितमा केहि गर्न नसकिने देखिएपछि आफुहरुले साझा दलित पत्रकारहरुको समुहका रुपमा नयाँ गठन गरिएको बताए । उता मञ्चका अध्यक्ष ददेलले मञ्चमा आबद्ध केहि साथीहरु बाहिर गएर अर्को नयाँ समुह गठन गर्नुको कुनै तुक र अर्थ नराख्ने दाबी गरे । ‘केहि ब्यक्तिहरुको यो सामान्य समुहले मञ्चलाई कुनै समस्या नहुने भन्दै रुकुमेली दलित पत्रकारहरुको नेतृत्व र हकहितका पक्षमा मञ्च नै आधिकारिक र नेतृत्वदायी हो’ मञ्चका अध्यक्ष ददेलले भने ।

0 comments:
Post a Comment