मेगराज खड्का
रुकुम ६, फागुन
बिप्लव नेतृत्वको नेकपा माओबादी रुकुमले जिल्ला स्थित गाविस सचिबहरु हालसम्म पनि खलंगामा कार्यालय खोलेर बसिरहेको भन्दै छिटै गाउँ फर्किन अनुरोध गरेको छ । माओबादीले एक प्रेस बिगेप्ती जारी गर्दै यहि फागुन महिनाभित्र खलंगामा रहेका कार्यालयहरु हटाई गाविस सचिबहरु सम्बन्धीत गाविसको कार्यालयमा गई जनताहरुलाई सेवा दिन अनुरोध गरेको हो ।
जिल्ला सेक्रेटरी नर बहादुर पुन(मनकामना) को हस्ताक्षर रहेको उक्त बिज्ञप्तीमा उक्त म्याद सम्म त्यसो नगरिए आफ्नो पार्टीले अझ कडा अभियानका साथ प्रस्तुत हुने उल्लेख गरेको छ । सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको समेत आयोजना गरेको बिप्लव माओबादी रुकुमले गाउँमा गएर सेवा दिने गाविस सचिब खलंगामै डेरा जमाएर बस्दा गाउँका निमुखा जनताहरु सदरमुकामै धाउनु पर्ने बाध्यता सृजना भएको उल्लेख गरेको छ । ‘हाम्रो पार्टी अन्य कुनै क्रान्ति भन्दा पनि जनजिबिकाको क्रान्ति गर्ने अभियानमा छ’ रुकुम ईन्चार्ज मोहनलाल चन्दले भने, ‘गाउँमा बस्नुपर्ने सचिब सदरमुकाममा र सदरमुकाममा बस्ने कर्मचारी पनि सेवाग्राहिको काम भन्दा घाम ताप्ने प्रबृत्तिको बिरुद्ध डटेर लाग्छौं ।’ द्धन्द्धकालमा असुरक्षाको कारण देखाउदै सदरमुकामा केन्दित भएका गाविस सचिबहरु अझै सदरमुकाम खलंगामा बस्दै आएका छन । स्थानीय विकास अधिकारी भरत कुमार शर्माले एक बर्ष अघि सबै गाविस सचिबहरु गाउँ गएर गाउँबाटै सेवा दिन निर्देशन गरेपछि गाविसमा कार्यालयको शुरुवात गरेपनि अधिकांस समय सदरमुकाममा नै बिताउने गरेका छन । गाउँ परिषद बसाल्दा केहि समय गाउँमै बस्ने गरेको भएपनि परिषद सकिएसगै सदरमुकाममा नै केन्द्रित हुने गरेका छन ।
हाल अधिकांस गाविस सचिबहरुले गाउँमा र सदरमुकाम गरि दुबै गाउँमा कार्यालय सञ्चालन गर्दै आएका छन । त्यस्तै प्रेस बिज्ञप्ती मार्फत यातायात व्यवसायीहरुले यातायात भाडा घटाई कार्यान्वयन गर्न, डिजेल र पेट्रोलमा शुद्धता कायम राख्न, कालोबजारी रोकी मुल्यमा एकरुपता ल्याउन र म्याद नाघेका खाद्य सामाग्रीहरु बिक्रि बितरण नगर्न समेत अनुरोध गरेको छ । त्यस्तै जिल्लामा रहेका सार्बजनिक जग्गाहरु सार्बजनिक गर्न तथा तत्कालिन जनसत्ताले पास गरेका जग्गालाई मान्यता दिन जिल्ला मालपोत कार्यालयलाई अनुरोध गरेको छ । ‘जिल्लामा सञ्चालिन अन्य बिभिन्न बिकासे अभियानहरु जस्तै जिल्ला प्रशासन कार्यालय रुकुमले यस जिल्लालाई भ्रष्टचारमुक्त जिल्ला घोषणा गर्ने खालका अभियानहरु गरिन्छ’ बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
तपाईहरु गाउँमै गएर सेवा गर्नुहोस ः प्रजिअ
यसैबिच रुकुमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले सबै गाविस सचिबहरु तत्काल आआफ्नो गाविसमा गएर जनतालाई सेवा दिन अनुरोध गरेका छन । सदरमुकाम खलंगा स्थित सोमबार गाविस सचिबहरु संग भएको एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भण्डारीले गाविस सचिबको काम गाउँमा नै गएर जनताको सेवा गर्ने रहेको बताउदै सदरमुकाम छाडेर तत्काल गाउँ विकास समितिको कार्यालयमा जान अनुरोध गरेका हुन । ‘गाविस सचिबहरु खलंगामा नै कार्यालय स्थापना गरेर बसिरहेको बिभिन्न क्षेत्रबाट प्रतिक्रिया आएको छ’ प्रजिअ भण्डारीले भने, ‘तपाईहरुको नियुक्ती गाउँमै गरेर सेवा गर्ने छ, अनी सदरमुकामा बसेर कसरी जनताको सेवा हुनसक्छ ।’

1 comments:
http://ranmamaikot.blogspot.ae/2015/02/blog-post.html
Post a Comment