आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 24, 2015

रुकुमममै छापिन थाल्यो रुपैयाँ

मेगराज खड्का
रुकुम

५ सयका नक्कली नोट सहित रुकुममा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रुकुम घेत्मा गाविस ४ का २२ बर्षिय खड्ग बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख गोबिन्द थपलियाले जानकारी दिए । उनका अनुसार बिकले हाल आठबिसकोट गाविस ४, सिमबजारमा मौराखारा फोटो स्टुृडियो समेत सञ्चालन गर्दै आएका थिए ।
    प्रहरीले बिकको साथबाट ५ सय रुपैयाँका ६ ओटा नक्कली नोट, छपाईमा प्रयोग भएको ल्यापटप र प्रिन्टर समेत बरामद गरेको छ । उक्त नक्कली नोट उनका १४ बर्षिय भाई प्रेम बिक र स्थानीय १२ बर्षिय राकेस सार्कीले बजारमा साट्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । घटनाबारे खोटाचलन मुद्धा अन्तरगत रहेर थप अनुसन्धान भैरहेको बताईएको छ । आरोपित बिकले आफुले नक्कली पैसा बनाउने नियतले नभई आफ्नो फोटो स्टुडियोमा रहेको रंगिन मेसिनबाट ‘कस्तो प्रिन्ट हुन भनी’ भुलबस निकालेको प्रतिक्रिया दिएका छन ।
   
 यसैबिच जिल्ला प्रहरी कार्यालय रुकुमले सदरमुकाम खलंगा नजिकैको सल्ले बजारको घुम्ती पसलबाट ८ किलो चरेस सहित एक महिलालाई पक्राउ गरेको छ । स्यालापाखा गाबिस वडा नम्बर ४ की २८ बर्षिया चन्द्राकला बुढाथोकीलाई पक्राउ गरि प्रहरीले बुधबार सार्बजनिक गरेको हो । उता आरोपित बुढाथोकीले आफुले यस सम्बन्धी ब्यापार नगरेको र अरु कसैले आफ्नो पसलमा ल्याएर छाडेको प्रतिक्रिया दिएकी छिन  ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |