आहा सञ्चार
रुकुम
एमाओबादी बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई रुकुम आउने भएका छन । पार्टीले संघियता सहितको संबिधान निर्माणका लागि सञ्चालन गरिरहेको राष्ट्रिय आन्दोलनको कार्यक्रम अन्तरगत यहि फागुन १० गते सदरमुकाम खलंगा स्थित बराहटाकुरामा हुने बृहत जनसभालाई सम्बोधन गर्न भट्टराई रुकुम आउन लागेका हुन । बृहत जनसभाका लागि अहिले पार्टीले जिल्लाभर बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको एमाओबादी रुकुमका सचिबालय सदस्य धनबिर ओलीले जानकारी दिए ।

उनका अनुसार जिल्ला कमिटिको बैठक पछि अहिले गाउँ कमिटिको बैठक तथा भेला गर्ने क्रम जारी रहेको छ । एमामाओबादीका अनुसार भुमिगत जीवन तथा अन्य सानातिना कार्यक्रम बाहेक पार्टीको बृहत औपचारिक कार्यक्रमको लागि भट्टराई २०५१ साल पछि रुकुम आउन लागेको पहिलो पटक हो ।
जसका कारण उक्त बृहत जनसभाका एमाओबादी संग आस्था राख्ने सुबेच्छुक सगै अन्य जनताहरुको पनि ठुलो मात्रामा सहभागिता हुने बिश्वास लिईएको छ । ९ गते नै रुकुम आउने भट्टराई १० गते बिहान बिभिन्न निकायहरुसंग भेटघाट कार्यक्रम, दिउसो जनसभालाई सम्बोधन र साँझ कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुने छन । उनी सगै एमाओबादी नेता जनार्दन शर्मा, हेमन्तप्रकास ओली, गणेशमान पुन लगयातका अन्य नेताहरु पनि रुकुम आउने कार्यक्रम रहेको बताईएको छ ।
0 comments:
Post a Comment