आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 17, 2015

तकसेरामा हुदैछ पहिलो जनजाति महोत्सब


आहा सञ्चार
रुकुम

पूर्वी रुकुमको पर्यटन प्रबद्धन गर्न जिल्लामै पहिलोपटक रुकुम तकसेरा आदिवासी जनजाति कला सास्कृतिक महोत्सव हुने भएको छ । ‘ईतिहास, भाषा र कला संस्कृति जनजातिको पहिचान, कृषि, पशुपालन, जडीबुटी र पर्यटन विकास हाम्रो अभियान’ भन्ने नाराका साथ पहिलो पटक पुर्बी रुकुममा महोत्सव हुने लागेको हो ।
मूल आयोजक समितिका संयोजक पहलसिङ घर्तिले यस महोत्सवले रुकुमको मगर संस्कृति तथा भेषभुषालाई प्रचारप्रसार गर्न ठुलो सहयोग गर्ने जानकारी दिए । बिभिन्न सरोकारवाला निकायहरुको सहयोग तथा स्थानीय पहलमा आयोजना हुन लागेको महोत्सबमा दर्जन बढी आर्कषणहरु रहने बताईएको छ ।


1 comments:

Unknown said...

good

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |