आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 10, 2015

जनार्दनले दिए, प्रहरी प्रशासनलाई चुनौति

मेगराज खड्का
रुकुम


एमाओवादीका नेता जनार्दन शर्मा प्रभाकारले द्धन्द्धकालिन घटना ब्युँत्याए अर्को जनयुद्धको शुरुवात हुने बताएका छन । रुकुम स्यालापाखामा भएको अध्याँरोमुक्त गाविस घोषणा कार्यक्रममा बोल्दै नेता शर्माले रुकुमको सन्दर्भमा पनि त्यस्ता दुस्प्रयास नगर्न समेत आग्रह गरे ।
   
 पुर्ब शान्ति तथा पुनःनिर्माण मन्त्री समेत रहेका नेता शर्माले रुकुमको प्रहरी प्रशासनले त्यस्तो आँट गरेर देखाउन चुनौति समेत दिए । ‘रुकुमको प्रहरी प्रशासनले पनि केहि द्धन्द्धकालिन घटनाहरु उठाएर जनता तथा माओबादी कार्यकर्ताहरुलाई दुख दिन थालेको मैले गुणसो सुनेको छु’ नेता शर्माले भने, ‘द्धन्द्धकालिन घटनाहरु सत्य तथा मेलमिलाप आयोगद्धारा मात्र हेर्ने राजनैतिक सहमति भएको हुँदा जिल्ला स्तरमा पनि त्यस्ता घटनाहरु प्रहरी प्रशासनले बलमिच्याँई नगर्न अनुरोध गर्छु ।’ यस बिषयमा आफुले केन्द्रीय स्तरमा गृह मन्त्री तथा प्रहरी प्रमुखलाई समेत भनिसकेको बताउदै देश शान्ति तथा संबिधान निर्माण क्रममा रहेको बेला राज्यबाटै त्यस्तो हर्कत गरिनु राज्यकै लागि घातक हुने धारणा राखे ।

    संबिधान निर्माणको प्रसंग कोट्याउदै नेता शर्माले देशले संघियता सहितको नयाँ जनसंबिधान चाहिरहेको भएपनि एमाले काग्रेसको अराजनैतिक शैलीका कारण संबिधान निर्माणमा ढिलो भैरहेको दाबी गरे । ‘एमाओबादी सहमतिको आधारमा जनसंबिधान जारी गर्न निरन्तर आन्दोलनमा छ’ उनले भने ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |