आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, January 13, 2015

आरोग्य मञ्चको कार्यालय उद्घाटन

आहा सञ्चार
रुकुम
रुकुम खलंगामा एक औपचारिक कार्यक्रमका बिच जय आरोग्य मञ्चको कार्यालय उद्घाटन गरिएको छ । सम्पुर्ण दिर्घ रोगको निदान प्राकृतिक ब्यवहारको अनुदान, स्वास्थ्य, स्वच्छ एवम् समृद्ध समाज निर्माण सकारात्मक सोचको विकासबाट भन्ने मुल नाराका साथ एक बर्ष अघि स्थापना गरिएको संस्थाको बिहिबार कार्यालय उद्घाटन गरिएको हो । संस्थालाई ब्यबस्थित र अगाडि बढाउन कार्यालय आबश्यक पर्ने भएकाले कार्यालय स्थापना गरिएको बताईएको छ । 
 
मञ्चका अध्यक्ष समोज देवकोटाको अध्यक्षता र सचिब शसिराम बोहराकाृ सञ्चालन रहेको कार्यक्रममा बिभिन्न सरोकारवाला निकाय र पत्रकारहरुको सहभागिता रहेको थियो । रुकुमबाट शुरुवात गरिएको यो संस्थाले देशब्यापी रुपमा बिभिन्न संघसंस्थासंग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष देवकोटाले बताए । ‘हामी अब छिटै दिर्घरोगी सञ्जाल निर्माण गरि दिर्घरोगी तथ्यांक संकलन गर्दैछौं’ उनले भने । कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरु नआएको आयोजकले दुखेसो पोखेको थियो भने कार्यक्रममा पुगेका पत्रकारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |