आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, January 28, 2015

जलवायु मैत्री गाविस बन्दै पेउघा

हरि गौतम
रुकुम


जलवायु परिवर्तनको असरले भिन्न/भिन्न समयमा विभिन्न समस्या भोगेका रुकुम पेउघावासी अव त्यसको असर कम गर्न लागि परेका छन् । मानविय क्रियाकलापका कारण जलवायु परिवर्तनको असर मानव जीवनमै प्रत्यक्ष भोगेका पेउघावासी अव पेउघालाई जिल्लाकै पहिलो जलवायु मैत्री गाविस बनाउन लागि परेका छन् । जलवायु परिवर्तनको कारण अति संकटासन्न अवस्थामा पुगेको पेउघामा विगत ७ महिनादेखि जलवायु परिवर्तन सम्बन्धिका विविध काम भैरहेका छन् ।
स्थानीयको सक्रियतामा गाविसका हरेक वडा,वस्ती तथा घरहरुमा समेत जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विभिन्न काम भैरहेका हुन् । रुपान्तरण नेपाल बहुसरोकारवाला वन कार्यक्रम अन्तर्गत समानुकुलन क्षमता तथा सुशासन अभिवृद्धि कार्यक्रमको आर्थिक एवं प्राविधिक सहयोगमा कृषि वन तथा वातावरण समिति पेउघाको पहलमा गाविसलाई जलवायु परिवर्तनमा नमूना बनाउने प्रयास थालिएको हो । पेउघालाई जलवायु मैत्री गाविस निर्माण गर्न तीन वर्षे स्थानीय अनुकुलन योजना लापा समेत तयार पारिएको कृषि वन तथा वातावरण समिति पेउघाका उपाध्यक्ष जीतबहादुर चन्दले जानकारी दिए । उपाध्यक्ष चन्दका अनुसार गाविसका प्रत्येक वडामा वडा स्तरीय गोष्ठि तथा अभिमुखिकरण पश्चात संकटासन्न घरधुरी, वस्ती तथा वडा समेत छनौट गरी पेउघालाई जलवायु मैत्री गाविस बनाउन आवश्यक काम जारी राखिएको छ ।

कार्यक्रमको सुरुवाती चरणमा जलवायु परिवर्तनको कारण पेउघामा विभिन्न समयमा भएका प्राकृतिक विपत्ति तथा घटनाको विश्लेषण समेत गरिएको थियो । जलवायु परिवर्तनको असरका कारण भएका घटना विश्लेषणको आधारमा स्थानीय अनुकुलन योजना लापा तयार पारिएको र सोही अनुसार पेउघावासीलाई विभिन्न इभेन्टमा सहयोग गरिरहेको रुपान्तरण नेपाल बहुसरोकारवाला वन कार्यक्रमका सह परियोजना अधिकृत धर्म उपाध्यायले जानकारी दिए । उनका अनुसार संकटासन्न अवस्थामा रहेका घरधुरी, वस्ती तथा वडावासीको हितका निम्ति कार्यक्रमले सहयोग पु¥याइरहेको छ । जलवायु परिवर्तनको असरलाई कम गर्न अर्थात त्यसलाई सामना गर्न चेतनाको साथै भौतिक निर्माणका कामहरु भैरहेका छन् । सह परियोजना अधिकृत उपाध्यायका अनुसार व्यक्तिगत रुपमा पनि आय आर्जन हुने गरी पेउघा गाविसभर विभिन्न कार्यक्रम सञ्चालन भैरहेका हुन् ।

 जलवायु परिवर्तनको असरलाई सामना गर्न तीन वर्षको अवधिमा सुधारीको चुलो निर्माण, सुधारीएको घट्ट निर्माण, तटबन्ध निर्माण, वृक्षा रोपन, पानीका मुहान संरक्षण, गोवर ग्याँस निर्माण, थाई जार, प्लाष्टिक पोखरी निर्माण, तरकारी खेतीको लागि टनेल निर्माणका लागि आवश्यक सामग्री खरिद, स्टे«चर खरिद, प्राथमिक उपचारका सामग्री खरिद, मावि तथा उच्च माविमा जलवायु परिवर्तन सम्बन्धिका सन्दर्भ सामग्री वितरण लगायतका कार्यक्रम पेउघामा सञ्चालन भैरहेका तथा हुने छन् ।

पेउघामा तयार पारिएको तीन वर्षे लापा कार्यान्वयनको क्रममा स्थानीयको क्षमता वृद्धिका लागि च्याउ खेती, उद्दार, वन व्यवस्थापन, आगलागि नियन्त्रण तथा सुधारीएको चुलो लगायतका तालिम पनि सञ्चालन हुने रुपान्तरण नेपाल बहुसरोकारवाला वन कार्यक्रमका सह परियोजना अधिकृत श्रीकृष्ण चौधरीले जानकारी दिए ।



0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |