आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, January 18, 2015

रुकुमका मिडियाः संभावना र चुनौतिहरु

Upendralal Kami
उपेन्द्रलाल कामी
                                                                   
बिषय प्रवेश ः
सूचना सञ्चार मानिसको हकमा मात्र नभइ हरेक सजीव प्राणीहरुको लागी समेत आवश्यक पर्ने कुरा सर्वबिदितै छ । सञ्चार बिना जिवीत रहनुको खासै अर्थ हुदैन । मानिसको लागी त झन सञ्चार मुटु र मष्तिष्क बीचको रक्त सञ्चार जस्तैै हो जुन एकछिन रोकियो भने पनि बैचारिक तथा मानसिक रुपले पक्षघात भएर अपाङ्ख हुने अवस्थामा पुग्दछ । समाज र राष्ट्रलाई हरेक क्षेत्रबाट परिवर्तन र बिकासको स्तरमा माथि उठाउने वा ध्वंस पार्ने भन्ने कुरामा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुन्छ । नेपालको सन्दर्भमा बिभिन्न कालखण्डमा भएका राजनैतिक तथा सामाजिक परिवर्तनहरुमा सञ्चार माध्यमले खेलेको भूमिका अतुलनीय छ भने सञ्चार क्षेत्रमा क्रियाशिल पत्रकारहरुले भोग्नु परेका समस्या र पीडाहरु पनि कथनीय नै छन । खासगरि दस बर्षको महान जनयुद्ध र उन्नाइसदिने ऐतिहासिक जनआन्दोलन सम्पन्न पश्चात देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि प्रेस स्वतन्त्रताको आन्दोलनले पूर्णता पाउदै गएर महत्वपूर्ण उपलब्धीहरु पनि हासिल गर्दै आएको छ । देशभर दर्जनौं टेलिभिजन, सयौं रेडियो र हजारौं पत्र पत्रिकाहरु दर्ता भएर प्रकाशन प्रशारण गर्ने सञ्चार गृहहरु निर्माण र बिस्तार भएका छन । यसै क्रममा रुकुम जिल्लामा मात्रै अहिले १ वटा टिभी च्यानल, ५ वटा एफ.एम. रेडियो र २२ वटा पत्रिका जिल्ला प्रशासन कार्यालयमा र सूचना बिभागमा दर्ता भएर पनि आधा दर्जन जति रेडियो र पत्रिकाहरुले प्रकाशन र प्रशारणको माध्यमद्धारा सेवा पु¥याइरहेका छन । जसले गर्दा शान्ति, परिवर्तन, सम्बृद्धि, बिकास र सबै वर्ग, जाती, क्षेत्र, लिङ्ख र समुदायको सहभागीता एवं पहुँच अभिबृद्धिमा टेवा पु¥याइरहेको स्थिति छ । सञ्चार माध्यमको महत्वपूर्ण भूमिका र यसको बिकासका लागी हरेक क्षेत्रबाट थालनी गरेका प्रयासहरु प्रशंसनीय हुँदा हुदैपनि सामाजिक क्षेत्रमा देखिएका बिकृति र जटिल समस्याबाट सञ्चार क्षेत्रपनि अछुतो रहेको छैन । रुकुममा सञ्चार माध्यमको बिकासका थुप्रै सम्भावनाहरु हुँदाहँुदै पनि केहि गम्भीर प्रकृतिका समस्या एवं चूनौतिहरु देखा परेका छन् । यसलाई समयमै पहिचान गरेर नयाँ शिराबाट अगाडि बढ्नका लागी बैचारिक छलफलको बिषय बनोस भन्ने हेतुले यस आलेखलाई अगाडी बढाउन खोजिएको छ ।
(क) सञ्चार माध्यमको बिकासका समस्या र चूनौतिहरु ः
१) अस्वस्थ प्रतिस्पर्धा
बढ्दो बेरोजगारी, सिमित श्रोत साधन, सञ्चार माध्यम र पत्रकारहरुको संख्यामा बृद्धि, ब्यक्तिगत मनमुटाव र अन्तरबिरोधका कारण अस्वस्थ प्रतिस्पर्धा गर्ने समस्या अब गम्भीर चूनौतिको रुपमा देखापर्दै छ । दुईचार दिन आधारभूत पत्रकारिता तालिम लिएर दुईचार महिना सञ्चार मिडियामा काम गर्ने बित्तिकै आफुलाई अब्बल दर्जाको पत्रकार ठानेर पद र पारिश्रमिकको लागी बार्गेनिङ गर्ने र आफुले भने जस्तो भएन भने छुट्टै रेडियो, पत्रिका दर्ता गरेर जानी नजानी चलाउन खोज्ने प्रबृति एकातिर बढरिहेको छ भने सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको क्षमता, योग्यता, दक्षता र तलब बृद्धिविकासमा ध्यान दिएर स्थायित्व र रोजगारीको अवसर श्रृजना गरिदिनुको सट्टा प्रत्येक छाकमा तरकारी फेरे झै गरि कर्मचारीहरु बदलीरहने र आफ्ना नातेदारहरको भर्तीकेन्द्र गराउन खोज्ने चिन्तनगत कार्यशैलीले पनि अस्वस्थ प्रतिस्पर्धालाई मलजल पु¥याइरहेको छ ।
२)नीजि श्रोत जुटाएर सामुहिकतातिर नभइ सामुहिक श्रोत जुटाएर नीजिकरण गर्ने अहिलेसम्म सञ्चार उद्योगहरु ब्यक्तिगत, साझेदारी, सहकारी, गैरसरकारी र सरकारी संस्था तथा कार्यालयको अवधारणाबाट सञ्चालन भइरहेको अवस्था छ । रुकुम जिल्लाको सन्दर्भमा ब्यक्तिगत र गैरसरकारी संस्था ऐन २०३४ बमोजिम जि.प्रशा.का. र सूचना बिभागमा दर्ता भएर रेडियो, केबुल र पत्रिकाहरु सञ्चालन भइरहेका छन् । सरकारी तथा गैरसरकारी कार्यालय÷संस्थाहरुबाट भए गरेका र गरिने कामकाजहरुको जानकारी गराउने उद्देश्यले त्रैमासिक चौमासिक, अर्धबार्षिक र बार्षिक बुलेटिन तथा स्मारिकाहरु पनि प्रकाशन गर्दै आइरहेका छन् । खासगरि गैरसरकारी संस्था ऐन २०३४ बमोजिम दर्ता भएका सञ्चार संस्थाहरुमा सहकारीको अवधारणा अनुसार शेयर पनि लगानी गर्ने र सरकारी तथा गैरसरकारी कार्यालय÷संस्थाहरुको अनुदान बजेट पनि लगानी गरेर अन्ततः सिमित केहि ब्यक्तिहरुको मात्र संस्थाको सम्पती र आर्थिक श्रोतहरुमा हालीमुहाली हुने गरेको स्थिति छ । संस्थाका सबै सदस्यहरुको समान दायित्व र प्राप्त मुनाफा तथा अवसरहरुमा न्यायोचित बितरण एवं सहभागीता नभएपछि सामुदायिक सञ्चार गृहको सम्बन्धित संस्थाका सदस्यहरुले नै अपनत्वबोध गरेको पाइदैन । यसले अन्ततः पत्रकारिता क्षेत्रमा सामुहिक सम्पति र साधन श्रोतहरुको मनपरि दोहन गर्ने नव सामन्त जन्माउने भूमिकालाई नै टेवा पु¥याउने छ । सामुदायिक सञ्चार संस्थाको संस्थागत परिचालन र ब्यवस्थापनको नयाँ नीति, कार्यबिधि कार्यशैलीको बिकास गर्न आवश्यक देखिन्छ ।
३) आम पाठक, दर्शक, श्रोताहरुको भावनामा खेल्ने आत्मकेन्द्रित ब्यक्तिबाद
कुनैपनि सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी, पत्रकारले पत्रकारिता क्षेत्रबाटै ब्यक्तित्व बिकास गरेर आफुलाई स्थापित गराउने उद्देश्य राख्नु स्वभाबिकै हो । प्रतिस्पर्धाको युगमा ब्यक्तित्व बिकास गर्न सकिएन भने पेशा ब्यवसाय पनि फस्टाउन सक्दैन  र रोजगारीका अवसरहरु पनि प्राप्त गर्न सकिदैन । तर ब्यक्तित्व बिकास गर्ने नाममा आफु सम्बद्ध मिडिया र सञ्चार संस्थाको हित बिपरित गएर ब्यक्तिगत लाभ लिन खोज्ने, आवश्यकता भन्दा बढी तडक भडक देखाउने, असम्भव र भावनात्मक बिषयहरुलाई उछालेर पाठक, श्रोता र दर्शकहरुको मनोबिज्ञानमा खेल्दै स्थापित हुन खोज्ने आत्मकेन्द्रित ब्यक्तिबादको समस्या पनि अब गम्भीर चूनौतिको रुपमा देखापर्दै छ । यसले सम्बन्धित मिडियाको ब्यवसायिक विकासमा असर त पु¥याउछ नै सिङ्गो पत्रकारिता क्षेत्रमै बिकृति, बिसंगतिहरु भित्र्याउन खतरानाक भाइरसको नकारात्मक भूमिका खेल्ने छ ।
(ख) सञ्चार माध्यमको बिकासका लागी सम्भावना र सकारात्मक पक्षहरु ः
१) शान्ति,सम्बृद्धि, परिवर्तन र बिकासमा निर्णायक भूमिका खेल्न सक्ने ः
पत्रकारिता क्षेत्रको समग्र बिकास सहित सञ्चार माध्यमको गुणस्तरमा बिकास गरि स्थायित्व दिन सकेमा रुकुमका एफ.एम. रेडियो, टि.भी, पत्रपत्रिकाहरुले समाजमा दिगो शान्ति, आर्थिक सम्बृद्धि, अग्रगामी राजनैतिक परिवर्तन र सर्वाङ्गिन बिकासका लागी महत्वपूर्ण मात्र होइन निर्णायक भूमिका खेल्न सक्ने धेरै सम्भावनाहरु रहेका छन् । अहिलेसम्म रुकुमका सञ्चार माध्यमले यीनै क्षेत्रमा आफ्नो ज्ञान, क्षमताहरु लगानी गर्दै आइरहेका छन । जनसरोकारका साझा सवालहरुको पनि वकालत गर्ने र सेवा प्रदायक कार्यालय, संस्थाहरुले गरेका राम्रा कामहरुको पनि सञ्चार माध्यमद्धारा सम्पे्रशण गर्दै आइरहेको स्थितिले पनि यो कुराको पुष्टी गर्दछ । यसको लागी पत्रकारिता क्षेत्र स्वयं र सरोकारवाला निकायहरुले महत्वपूर्ण भूमिका मात्र होइन निर्णायक भूमिका निर्वाह गर्नका लागी आवश्यक तयारी गर्न र सहयोग पु¥याउन जरुरी छ ।
२) उत्पीडित समुदायको अर्थपूर्ण सहभागीता, पहुँच र अधिकारका लागी वकालत गर्ने ः  
राज्यको  समाबेसी नीतिलाई अर्थपूर्ण र जीवन्त बनाउन उत्पीडित वर्ग, जाती, क्षेत्र, लिङ्ग र समुदायलाई हरेक क्षेत्रका बिभिन्न तहमा नेतृत्व बिकास गराउन र नीति निर्माण गर्ने तहसम्म पु¥याउनका लागी नेतृत्व स्थापित गर्ने ढंगले योजनाबद्ध रुपले अगाडी बढ्न सकिने सम्भावनाहरु प्रबल छन । यसको लागी समाजमा पछाडि पारिएका सिमान्तकृत वर्ग,समुदायको सर्वाङ्गिन बिकास र बिभेदको अन्त्य नगरि राष्ट्र र समाज कदापी सुखी र सम्बृद्ध हुन सक्दैन भन्ने मान्यतालाई आत्मसात गर्न जरुरी छ । राज्यले लक्षित वर्गको लागी बिनियोजन गरेको बजेटलाई सदुपयोग गर्दै नेतृत्व बिकास र सेवा सुबिधाका अवसरहरुमा पहँुच अभिबृद्धिका लागी सञ्चार माध्यममा लगानी गर्ने कुरामा लक्षित वर्गलाई प्रोत्साहित गर्ने र लक्षित वर्गका साझा सवालमा एकद्धार प्रणालीद्धारा साझा कार्यक्रम उत्पादन गरेर संयुक्त रुपले अगाडि बढ्ने योजना सञ्चार मिडियाले पनि बनाउन आवश्यक छ ।
३) साझा सञ्चारगृह निर्माण र संयुक्त सञ्चार अभियान सञ्चालन गर्न सकिने ः
जिल्लामा सञ्चालित एफ.एम.रेडियो, केबुल टि.भी. र पत्रिकाको गुणस्तरमा सुधार गर्दै स्थायित्व र विकासका लागी साझा सञ्चारगृह निर्माण गर्न आवश्यक छ । सञ्चार माध्यमहरु धेरै हुनु आफैमा नराम्रो होइन तर जिल्लाको आर्थिक अवस्थाको बस्तुपरक बिश्लेशण र समानुपातिक एवं न्यायोचित बितरणमा ध्यान दिइएन भने सञ्चार माध्यमहरुको बिचमा अस्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण सृजना हुन्छ । जसले गर्दा खुट्टातान्ने प्रबृत्तिहरु मौलाउदै जान्छन र कोही पनि अगाडि बढ्न नसक्ने अवस्था आउछ । त्यसैले जिल्लाका सञ्चार माध्यमहरु अहिलेकै अवस्थाबाट गुणस्तमा नभई परिमाणमा मात्रै बढाउदै जाने हो भने आर्थिक श्रोत र दक्ष जनशक्तिको राम्ररी बिश्लेशण गर्न जरुरी छ । सञ्चार मिडियाको संख्यालाई भन्दापनि गुणस्तरमा बिकास गर्न अब जिल्लामा एउटा साझा सञ्चारगृह निर्माण गर्न आवश्यक छ र निर्माण गर्न सकिने सम्भावना पनि छ । सबै मिडियाले आपसमा अस्वस्थ प्रतिस्पर्धा होइन सहकार्य गर्नका लागी जिल्लाका केही दुरगामी रणनैतिक महत्वका सवालहरुको पहिचान र बर्गिकरण गरेर संयुक्त संचार अभियानलाई पनि निरन्तर रुपले चलाउदै जानु पर्दछ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |