आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, January 23, 2015

डेढ बर्ष सम्म कहा गईन होला राधा ?

आहा सञ्चार संबाददाता
रुकुम


सदरमुकाममा दैबी प्रकोप सम्बन्धी तालिममा सहभागी हुन आएकी एक महिला डेढ बर्षदेखि बेपत्ता छिन् । वाँफिकोट –६ काँडाकी २३ बर्षिय राधा केसी सदरमुकाम मुसीकोटबाट डेढ बर्षदेखि बेपत्ता भएकी हुन ।

पारिवारिक स्रोतका अनुसार २०७० असार २४ गते घरबाट रुकुमेली समाज बिकास केन्द्र नामक एक गैरसरकारी संस्थाको तालिममा सहभागी हुन आएकी उनी सदरमुकामबाट बेपत्ता भएकी हुन । प्रहरीलाई दिएको निबेदनमा उनका श्रीमानले यहि जानकारी उल्लेख गरेका छन ।  तालिममा सहभागी हुन भनी घरबाट हिडेको भएपनि उनी उक्त तालिममा सहभागी नभएको परिवारले जनाएको छ । उनको खोजीका लागि श्रीमान मानसिंह केसीले सदरमुकाम मुसीकोट, दाङ, नेपालगञ्ज र काठमान्डौ∕ सम्म पुगेपनि पत्ता लगाउन नसकिएको बताए ।

उनले एक बर्षअघि नै जिल्ला प्रहरी कार्यालय लगायतका निकायहरुमा  खोजी गरिदिन अनुरोध गर्दै निबेदन पेश गरेको जनाए । (थप जानकारीका लागि उनका श्रीमानले प्रहरीलाई दिएको निबेदन यस्तो छ हेर्नुहोस )


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |